• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

मन्त्रीलाई प्रश्नः बालुवाटारबाट भीम रावललाई ज्यान मार्ने धम्की आएको हो ?


  •   बिहिबार, माघ ०२, २०७६ मा प्रकाशित
  • काठमाडौं । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासँग नेकपाका नेता भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएकोबारे प्रश्न सोधियो ।

    Advertisement

    नेता रावलले एमसीसीको विरोध गरेका कारण बालुवाटारबाट ज्यान मार्ने धम्की आएको भन्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले नेता रावलमाथि नै कटाक्ष हुनेगरी जवाफ फर्काए पनि सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको थिएन ।

    पत्रकार सम्मेलनमा मन्त्री बास्कोटालाई पत्रकारले प्रश्न गरे, ‘एमसीसीको विरोध गरेका कारण नेकपाका नेता भीम रावलले आफूलाई बालुवाटारबाट ज्यान मार्ने धम्की आइरहेको छ भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्, यस सम्बन्धमा के छ ?’

    पत्रकारको प्रश्नको उत्तर दिँदै मन्त्री बास्कोटाले उल्टै प्रश्न गरे, ‘तपाईँलाई पत्यार लाग्छ र ? प्रधानमन्त्री त्यस्तो खालको हुनुहुन्छ कसैको ज्यानै लिने ?’ उनले थपे, ‘प्रधानमन्त्री बहस गर्न रुचाउनुहुन्छ । त्यो कसैलाई मन पर्न सक्छ । मन नपर्न सक्छ । त्यसमा आलोचना हुन सक्छ । विरोध हुन सक्छ । कार्टुन बन्न सक्छ । अथवा नेताहरुको पनि भाषणको विषय बन्न सक्छ । तर ज्यान मार्ने धम्कीको कुनै सत्यता छँदा पनि छैन । हुँदा पनि होइन ।’

    मन्त्री बास्कोटाले कसले कति नम्बरबाट धम्की दिएको हो, रावलले नै बताउनुपर्ने चुनौती पनि दिए । ‘यदी त्यस्तो हो भने उहाँ (रावल) ले नै बताइदिनुपर्छ । यसले यो नम्बरबाट फोन फोन आयो । त्यस्तालाई हामीले कारबाही गर्नुपर्छ । किनभने विचार व्यक्त गरिएकै आधारमा अथवा कुनै कुरामा सहमति असहमति जनाएकै आधारमा कसैमाथि ज्यानको धम्की दिन मिल्दैन ।’

    पत्रकार भेटघाटका क्रममा मन्त्री बास्कोटाले मन्त्रिपरिषदले गरेका २० निर्णयहरु सार्वजनिक गरेका थिए । पुस २८ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु मन्त्री बास्कोटाले नियमित पत्रकार भेटघाट मार्फत सार्वजनिक गरेका हुन् ।

    यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु
    १.विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका लागि युरोपेली लगानी बैङ्कबाट प्राप्तहुने करिब रू.१२ अर्व ७६ करोड (१०० मिलियन युरो) ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।

    २. कृष्णनगर भन्सार कार्यालयको यार्ड विस्तारकार्यका लागि आवश्यक पर्ने कृष्णनगर भन्सार कार्यालयको यार्ड र कर्मचारी आवास क्षेत्रबीच साँधसीमा जोडिएका जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिकाको जग्गा प्राप्त गर्न स्वीकृति दिइएको छ।

    ३. नेपाल र जनवादी गणतन्त्र चीनबीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सन्धिलाई स्वीकृत गरी कानुनी व्यवस्थाबमोजिम संघीय संसद्मा जानकारीका लागि पेश गर्ने निर्णय गरिएको छ।

    ४. इटालियन निर्माण व्यवसायी सि।एम।सी।सँग पाउनुपर्ने पारिश्रमिक उपलब्ध गराउने विषयमा श्रमिकहरूले गरेको आन्दोलनमा घाइते भएका बालमुकुन्द अधिकारी र सन्तोष चौधरीको हालसम्मको उपचारमा खर्च भएको १ लाख ४६ हजार ५ सय ४६ रूपैयाँ रकम उपलब्ध गराउने निर्णय गरिएको छ।

    ५. विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीहरूको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरिएको छ।

    ६.संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा पुनः निर्वाचनका लागि ३० लाख रूपैयाँ र सीईडीएडब्लु समितिसदस्य पदमा पुनः निर्वाचनका लागि १० लाख रूपैयाँ संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कलाई उपलब्ध गराउने निर्णय गरिएको छ।

    ७. अरनिको राजमार्गअन्तर्गत कोटेश्वर–जडिबुटी खण्डको सडक विस्तारका लागि उक्त सडकखण्ड ९राईट या वे० भित्र पर्ने ५ (ख) को कित्ता नं. १६९ को क्षेत्रफल ६ अना १ पैसा जग्गा र उक्त जग्गामा बनेको घर अधिग्रहण गर्न स्वीकृति दिइएको छ।

    ८. हुलाकी राजमार्ग आयोजना कार्यालय विरगञ्जअन्तर्गत तामागढी–सिम्रौनगढ सडक विस्तार तथा स्तोरोन्नतिका लागि आवश्यक जग्गा अधिग्रहण गर्न स्वीकृति दिइएको छ।

    ९. निर्माणाधिन लामोसाँघु–जिरी सडकखण्डमा पर्ने सुनकोशी नदी पुल (लामोसाँघु–जिरी सडक) को निर्माण क्षेत्रमा पर्ने आवश्यक जग्गा अधिग्रहण गर्न स्वीकृति दिइएको छ।

    १०. वृहत्त जलाधार व्यवस्थापन केन्द्र, गण्डकीका प्रमुख, वरिष्ठ जलाधार व्यवस्थापन अधिकृतलाई जलाधार संरक्षण अधिकृत तोक्ने र जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष रहेको भू तथा जलाधार संरक्षण समिति, कास्कीलाई पुनर्गठन गर्ने निर्णय गरिएको छ।

    ११. नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बन्धित अधिकारीलाई सीटिजको आर्टिकल बिल १ बी र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० को उपदफा (२) र (३) बमोजिम जम्मा १,७३,०७१.७९२ (एक लाख त्रिहत्तर हजार एकहत्तर दशमलब सात नौ दुई) के.जी. रक्तचन्दन काठ जे–जस्तो अवस्था र स्थानमा छ, सोही अवस्था र स्थानबाट आफ्नै खर्चमा ९० दिनभित्र उत्पत्ति मुलुक भारत फिर्ता लैजान स्वीकृति दिइएको छ।

    १२. तामाकोशी–काठमाडौं २२०÷४०० के.भी. प्रसारणलाईनको ‘राइट अफ वे’सहित केही टावर संरचनातयार गर्न दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं र भक्तपुर जिल्लामा परेका विभिन्न ५६ वटा सामुदायिक वनलगायतको कूल१०३.२२० हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्नस्वीकृति दिइएको छ।

    १३. कार्वन व्यापारमार्फत नेपालले विश्व बैंकबाट भुक्तानी प्राप्त गर्ने सन्दर्भमा उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौताका लागि नेपालको तर्फबाट सो बैंकसँग वार्ता गर्न वन तथा वातावरण मन्त्रालय योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ।

    १४. हेटौंडा–ढल्केबर–दुहबी ४०० के.भी. प्रसारणलाईनको चौथोखण्ड (मकवानपुर)को ‘राइट अफ वे’सहित केही टावर संरचना तयार गर्न मकवानपुर जिल्लाको हेटौंडा, छतिवन, हर्नामडी र राइगाउँमा रहेका विभिन्न १७ वटा सामुदायिक वन र दुई वटा कबुलियती वनलगायतको कूल ८०.६६० हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्नस्वीकृति दिइएको छ।

    १५. राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई रुकुमगाड जलविद्युत आयोजनाको ३३ के.भी. प्रसारणलाइनको ‘राइट अफ वे’सहित केही पोलरटावर संरचना तयार गर्न साविक रुकुम जिल्लामा रहेका विभिन्न पाँच वटा सामुदायिक वन लगायतको कूल४.०४९९ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्नस्वीकृति दिइएको छ।

    १६. राष्ट्रिय विधि–विज्ञान प्रयोगशाला सञ्चालनसम्बन्धी विधेयक तर्जुमाका लागिसैद्धान्तिक स्वीकृति दिइएको छ।

    १७. नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १३ को उपदफा (१) को (च) मा निजी क्षेत्रका समेत गरी वायुसेवा सञ्चालन गर्ने संस्थाका सञ्चालकहरूमध्येबाट नेपाल सरकारबाट मनोनीत दुई जना सदस्य हटाउने र सोही दफाको उपदफा (१) (ङ) मा भएको व्यवस्थाको सट्टा नागरिक उड्डयन सम्बन्धमा विशेष योग्यता हासिल गरेका व्यक्तिहरूमध्येबाट कम्तिमा एक जना महिलासहित नेपाल सरकारबाट मनोनित दुई जना सदस्य रहने गरी कायम गर्ने निर्णय गरिएको छ।

    १८. जिल्ला समन्वय समितिको कार्यालय, बैतडीको स्वामित्वमा रहेको पुर्चौडी नगरपालिका वडा नं. १ को २४५८० वर्ग मिटर (४८ रोपनी ५ आना) जग्गा पुर्चौडी नगरपालिका बैतडीको नाममा स्वामित्व हस्तान्तरणका लागि स्वीकृति दिइएको छ।

    १९. सिद्धिचरण नगरपालिका, ओखलढुंगाको स्वामित्वमा रहेको सिद्धिचरण–११ को ६रोपनी जग्गा घरजग्गा रजिस्ट्रेशनका लागि तोकिएको न्यूनतम दरबाट हुन आउने रकम लिई उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाको नाममा स्वामित्व हस्तान्तरण गर्न स्वीकृति दिइएको छ।

    २०. देहायका स्थानीय तहलाई देहायबमोजिम जग्गा प्राप्ति गर्न स्वीकृति दिइएको छ–
    क,भेरी नगरपालिका, जाजरकोटको साविक जगतीपुर गा.वि.स. वडा नं.१, हाल भेरी नगरपालिका वडा नं.५ को १११९०.२९ वर्गमिटर जग्गा जाजरकोट बहुप्राविधिक शिक्षालयका लागि।

    ख,गोरखास्थित भीमसेनथापा गाउँपालिकाको वडा नं.५ को २ रोपनी १३ आना १ पैसा २ दाम जग्गा प्रशासकीय भवन निर्माणका लागि।

    ग, प्युठान नगरपालिका, वडा नं. ७ को १८३ वर्गमिटर जग्गा झोलुङ्गे पुल संरचना निर्माणका लागि।

    घ, संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ७ को ४ रोपनी जग्गा प्रहरी चौकी स्तरोन्नतिका लागि र वडा नं. ६ को ७ रोपनी जग्गा वाना प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि।

    ङ, रौतहटको माधव नारायण नगरपालिका वडा नं. २ को ४ कट्ठा जग्गा स्वास्थ्य चौकी भवन निर्माणका लागि ।

    च, धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ असिन फाँटको २९ रोपनी ९ आना १ पैसा १२ दाम जग्गा सल्यानटार रङ्गशाला निर्माणका लागि।

    छ, धनुषाको बटेश्वर गाउँपालिका वडा नं, १ को १ विगाह ३ कट्ठा १२ धुरमध्येबाट ३७२,५ वर्गमिटर स्वास्थ्य चौकी निर्माणका लागि र वडा नं. ५ को २ विगाह १८ कट्ठा ९ धुरमध्येबाट प्रसूति गृह निर्माणका लागि।

    ज, धादिङ्गको गल्छी गाउँपालिका वडा नं. ६ को १० आना जग्गावडा नं. ६ को वडा कार्यालय भवन निर्माणका लागि।

    झ, काठमाडौंको टोखा नगरपालिका वडा नं.७ को १११.२९ वर्गमिटर जग्गा प्रशासकीय भवन विस्तारका लागि।

    ञ, रौतहटको ईशनाथ नगरपालिका वडा नं. ३ को १६ कट्ठा जग्गा नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि।

    च, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ११ को १ रोपनी ४ आना र १ रोपनी १० आना जग्गा अस्पताल निर्माणका लागि।

    बिहिबार, माघ ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.