• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

अमेरिका र चीनबीच व्यापार युद्ध खुकुलो बनाउने सम्झौता


  •   बिहिबार, माघ ०२, २०७६ मा प्रकाशित
  • काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनले विश्व अर्थतन्त्रलाई नै प्रभावित तुल्याएको र बजारहरूमा उथलपुथल ल्याइदिएको आफूहरू बीचको व्यापार युद्धलाई केही खुकुलो बनाउने उद्देश्यसहित एक सम्झौतामा हस्ताक्षर गरेका छन्।

    Advertisement

    वाशिङ्गटनमा बोल्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने, ‘यो नयाँ सम्झौता अमेरिकी अर्थतन्त्रका लागि परिवर्तनकारी हुनेछ।’

    चिनियाँ नेताहरूले यस्लाई ‘सबैको जित हुने’ सम्झौता भनेका छन्, जसले ती दुई देश बीचको सम्बन्धमा सुधार ल्याउन सघाउ पुर्‍याउन सक्छ।

    चीनले अमेरिकाबाट गरिने आयातलाई सन् २०१७ को अवस्थाभन्दा बढी २०० अर्ब डलर बराबर हुने गरी बढाउने र बौद्धिक सम्पत्ति अधिकारका नियमहरूमा कडाइ गरिने प्रतिबद्धता जनाएको छ।

    बदलामा अमेरिकाले चिनियाँ उत्पादनहरूमा लगाएको केही नयाँ करहरूलाई आधाले घटाउन सहमति जनाएको छ।

    तर धेरैजसो सीमासँग सम्बन्धित करहरू भने कायमै छन्, त्यसकारणले केही व्यापारिक समूहहरूले दुई देशबीच थप वार्ताहरू हुनु पर्ने माग गरेका छन्।

    अमेरिका र चीनबीच सन् २०१८ देखि नै व्यापारिक उत्पादनहरूमा कर लगाउने द्वन्द्व चलिरहेको छ, त्यसले गर्दा ४५० अर्ब डलर भन्दा बढीको व्यपारिक उत्पादनमा थप निर्यात कर लगाइएको छ।

    जारी विवादले व्यापारिक कारोबारमा अवरोध खडा गर्नुका साथै विश्वव्यापी आर्थिक वृद्धिलाई नै सुस्त तुल्याइदिएको छ भने लगानीकर्ताहरूलाई बेचैन बनाइदिएको छ।

    वाशिङ्गटनमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै राष्ट्रपति ट्रम्पले भने ‘यो नयाँ सम्झौताले अमेरिका र चीनबीच अझ बलियो सम्बन्ध स्थापना गर्ने अवसर उपलब्ध गराएको छ।’

    चीनको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका चिनियाँ उपप्रधानमन्त्री लिउ हेले उक्त सम्झौता ‘समानता र आपसी सम्मान’ को सिद्धान्तमा आधारित रहेको भन्दै यसले उनको देशको आर्थिक संरचनाको प्रतिरक्षा गर्ने टिप्पणी गरेका थिए। ‌

    बीबीसीकी आर्थिक संवाददाता दर्शिनी डेभिड भन्छिन्, ‘सम्झौतामा हस्ताक्षर गर्ने समारोहमा अस्वाभाविक रूपमा राष्ट्रपतिकै उपस्थिति देखिए पनि द्विपक्षीय व्यापार युद्धमा यो विजयभन्दा पनि युद्धविरामको जस्तो अवस्था हो किनकी नयाँ लागु गरिएकामध्ये केही थोरै करहरू मात्रै उल्टाइएको छ र दुवै पक्षले सापेक्षित रूपमा केही थोरै मात्रै सहुलियतहरू दिएका छन्।’

    सम्झौतामा के–के छन्?

    चीनले आफूकहाँ हुने अमेरिकी निर्यातलाई सन् २०१७ को अवस्थाभन्दा बढी, २०० अर्ब डलरसम्म पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

    त्यसमा कृषि उत्पादन क्षेत्रमा ३२ अर्ब , म्यानुफ्याक्चरिङ्ग क्षेत्रमा ७८ अर्ब , उर्जा क्षेत्रमा ५२ अर्ब र सेवा क्षेत्रमा ३८ अर्ब डलरले खरिदको मात्रामा वृद्धि गर्ने पर्दछन्।

    चीनले नक्कल गरेर तयार पारिने वस्तुको उत्पादनविरुद्ध थप कडा कदम चाल्ने र कम्पनीहरूलाई व्यापारिक गोपनीयताको चोरीविरुद्ध कानुनी कारबाही अघि बढाउन सहज तुल्याउने पनि सहमति जनाएको छ।

    अमेरिकाले अनुमानित ३६० अरब डलर बराबरको चिनियाँ उत्पादनमा २५५ सम्म करको दर कायम राख्‍नेछस १०० अरब डलर बराबरको अमेरिकी उत्पादनमा नयाँ कर लगाएको चिनले पनि ती मध्ये धेरैमा नयाँ कर कायमै राख्‍ने अपेक्षा गरिएको छ। बीबीसी

    बिहिबार, माघ ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.