• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

देशलाई संकट परेको बेला मान्छे स्वस्थानीका कथामा भुल्दैछन्ः केसी


  •   मङ्गलबार, पुष २९, २०७६ मा प्रकाशित
  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले देश चौतर्फी संकटमा फस्दै गएको बताउनुभएको छ । मंगलबार राजधानीमा आायोजित ‘माथिल्लो कर्णाली जीएमआरलाई दिने सम्झौता खारेजी सम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले देशलाई संकट पर्दा जनता भने स्वस्थानीका कथामा भुलेको बताउनुभयो ।

    Advertisement

    केसीले भन्नुभयो, ‘ राष्ट्रलाई यतिधेरै संकट परेको बेलामा गाउँ तथा शहर बजारमा यतिबेला स्वस्थानीको छलफल चल्छन्, स्वस्थानी ब्रतकथामा मान्छेको जमघट छ । यही स्थिती हो भने अहिले हामीले भारतले पानी ओगट्यो भनिरहेका छौं। कोशी, गण्डकी, कर्णाली महाकालीको कुरा गरिरहेका छौं, अब ढिलो चाँडो नेपालको सम्पूर्ण भू–भाग नै कब्जा गर्ने योजना अनुसार उनीहरु चलिरहेका छन् ।’

    पूर्व उप प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले सत्ताको सौदाबाजीमा दलहरुले देशै बेच्न आँटेको बताउनुभयो । विदेशीले पैसा दिन्छन् भन्दैमा एमसीसीका घातक सर्त स्वीकार गर्न तयार हुने र माथिल्लो कर्णाली जस्तो सस्तो र सुलभ आयोजना विदेशीलाई नै सुम्पनु लज्जाको विषय भएको केसीको तर्क छ ।

    केसीले भारतले नेपालका जलश्रोत मात्रै कब्जा नभएर नेपाली भू–भाग पनि कब्जा गर्ने योजना बनाइरहेको बताउनुभयो । ‘भारतले तीनवटा भक्तपुर जस्तो नेपाली भू–भाग नक्सामा राखेर नेपाली जनतालाई च्यालेन्ज दिइसकेको छ कि यो हाम्रो भू–भाग हो तिमीहरुले देख्न पनि पाउँदैनौं,’ उहाँले भन्नुभयो ।

    कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य भिम रावलले कर्णाली चिसापानीमा १० हजार ८ सय मेगावाट विद्युत् निकाल्न सकिन्छ भन्ने परिकल्पना गरिएको बताउँदै त्यसलाई कहिल्यै बन्न नदिने गरी माथिल्लो कर्णालीको प्रशारण लाइन चिसापानीमाथिबाट लाने प्रस्ताव गरिएको बताउनुभयो ।

    आयोजना ३५० मेगावाटबाट रातारात कुनै टेण्डर नगरी गैरकानुनी किसीमले ९०० मेगावाट पुर्याइको बताउँदै त्यसको परियोजना विकास सम्बन्धी प्रारम्भिक मस्यौदामा कर्णाली नदीबाट कुनै किसानले एउटा कुलो लियो भने पनि जीएमआरलाई सोध्नुपर्ने उहाँको भनाई छ ।

    कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा (क्रान्तिकारी माओवादी)का वरीष्ठ नेता सीपी गजुरेल, माओवादी केन्द्रका संयोजक गोपाल किराँतीलगायतका नेताहरुले भारतले मिचेका नेपालको सीमा फिर्ता गर्न जनताले चौतर्फी दबाब दिए पनि सरकारले कुनै पहल नगरेको भन्दै आपत्ति प्रकट गरेका थिए ।

    कार्यक्रम नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (माले), नेकपा (क्रान्तिकारी–माओवादी), नेकपा (माओवादी केन्द्र), जनसमाजवादी पार्टी नेपाल, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान, पुष्पलाल अध्ययन समाज काठमाडौँ, राष्ट्रिय जागरण परिषद् नेपाल, पुष्पलाल मित्रता मञ्च, समृद्ध नेपाल राष्ट्रिय अभियान,राष्ट्रिय पुनर्जागरण अभियान, राष्ट्रिय जागरण मञ्च र पृथ्वी विचार अभियानसहित १४ संस्था मिलेर आयोजना गरिएको थियो ।

    पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराइको सभापतित्वमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा माथिल्लो कर्णाली बचाउ अभियानका अध्यक्ष भरत शाही, जनसमाजबादी पार्टीका सदस्य डम्बर बहादुर कार्की, नेकपा मसालका बागमती प्रवक्ता समिर सिंह लगायतले माथिल्लो कर्णालीको सम्भावनाबारे स्पष्ट पारेका थिए ।

    मङ्गलबार, पुष २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.