काठमाडौँ । नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गरी काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतितिनिधिसभा सदस्यमा विजय भएका छन् ।
Advertisement
उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई ९९५ मतले पछि पार्दै विजयी प्राप्त गरे ।
पोखरेल भने १० हजार ९६१ मत प्राप्त गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा ४४ हजार ३७९ मत खसेको थियो ।
उक्त क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का कल्पना धमलाले भने ६ हजार ४०२ मत प्राप्त गरिन् ।
उक्त क्षेत्रमा एक हजार आठ सय ६२ मत बदर भएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिइन । उक्त क्षेत्रमा १२ राजनीतिक दल र १० स्वतन्त्र उम्मेदवार तथा उम्मेदवारमध्ये १७ पुरुष र पाँच जना महिला थिए। मतदाता सङ्ख्या ७२ हजार १७३ रहेको छ ।