काठमाडौं । गण्डकी प्रदेशसभाअन्तर्गत मनाङ ‘क’बाट नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन्।
Advertisement
उनले एमालेका राजनबहादुर गुरुङलाई ३३० मतले हराएका हुन्।
२ हजार २१० मत खसेकोमा मुनिन्द्रले १ हजार ३५५ र एमालेका राजनले ९२५ मत प्राप्त गरे। ६ मत बदर भएको छ।
मनाङको ‘ख’ मा भने यसअघि नै राजीव गुरुङ उर्फ दीपक मनाङ्गे निर्विरोध भइसकेका छन्।
यो जितसँगै नेपाली कांग्रेसले प्रदेशसभातर्फ ३ सिटमा विजय हासिल गरेको छ।
मुस्ताङमा कांग्रेसको ‘क्लिन स्वीप’