मुस्ताङ । मुस्ताङमा नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका दुवै सिटमा जित हासिल गरेको छ ।
Advertisement
मुस्ताङको प्रदेशसभातर्फ ‘ख’मा पनि नेपाली कांग्रेसका उम्मेदवार विकल शेरचन विजयी भएका छन् ।
मुस्ताङको प्रतिनिधिसभातर्फ कांग्रेसकै योगेश गौचन विजयी बनेका छन् भने प्रदेशतर्फको ‘क’मा कांग्रेसकै नम्डु गुरुङले जित हासिल गरेका छन्।
प्रदेश ख मा विजयी विकलले २ हजार ७२३ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी एमालेका चन्द्रमोहन गौचनले २ हजार ५६५ मत प्राप्त गरे।
विकल १५८ मत अन्तरले विजयी भएका हुन् ।