काठमाडौँ । दिउसो १२:४५ बजेसम्म देशभरिबाट ३२ प्रतिशत मतदान भएको छ ।
Advertisement
आज २०७९ मङ्सिर ४ गते आइतबार जारी प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२:४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको हो ।
राजधानीस्थित आयोगको केन्द्रीय कार्यालय बहादुर भवनमा दिउसो आयोजित जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिनुभएको छ ।
त्यसका साथै, प्रवक्ता पौडेलले केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान जारी रहेको पनि दाबी गर्नुभएको छ ।