रवि पौडेल ##
भत्ताको राजनीति गरेर सत्ता कुम्ल्याउनेहरू
स्वास्थ्य, शिक्षा र रोजगार चाहिँदैन ?
भत्ता मेरो सरकारले दिएको भन्नेहरू
गाउँमुखी विकासको आवश्यकता पर्दैन ?
Advertisement
कस्तो राम्रो झुक्याउने मन्त्र भत्ताको
आफ्नै कमाइ दिए झैँ गर्ने यिनीहरू
बुढाबुढीलाई लोभमा खेलाउँदै
युवालाई खाडी धकेल्छन यिनीहरू
सत्तास्वार्थमा रमाउन भत्ताको कुरा ल्याउँछन्
उमेर नाघेकालाई भुलाउँदै युवा बर्बाद बनाउँछन्
भत्ता कसैको पेवा होइन जुन सरकारले नि दिन्छ
भत्ताको रस स्वाद देखाउँदै सत्तामा मनपरि गर्छ
घर घरका पीडाहरू भत्ताले समाधान हुँदैन
भत्ताको लोभ देखाउनेलाई भोट दिनु हँुदैन
लोभले षड्यन्त्र निम्त्याउँदै छ भरिदैन भकारी
आफू सत्तासिन बनी जनता बनाउँछन् भिखारी
नोभेम्बर १७, २०२२