• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

‘संघीयता’ हटाएर गठबन्धनले संयुक्त अपील प्रकाशन गर्ने


  •   शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
  • काठमाडौं । पाँचदलीय गठबन्धनले निर्वाचनमा मत माग्न संयुक्त अपील प्रकाशन गर्ने भएको छ । शनिबार बसेको गठबन्धनमा आबद्ध दलहरूको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

    Advertisement

    सो अपीलमा गठबन्धन दलहरुबीच मतभेद रहेका विषयबस्तु भने समेटिने छैनन् ।

    विगतमा संघीयतालाई उपलब्धिका रुपमा ब्याख्या गर्दै सत्तारुढ दलले अपील प्रकाशन गर्ने निर्णय गरेपछि राष्ट्रिय जनमोर्चाले असहमति जाहेर गरेको थियो । त्यसपछि सत्तारुढ तीन दलल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले मात्रै अपील प्रकाशन गरेका थिए ।

    गठबन्धनको अपीलमा ‘संघीयता’ लेख्न राजमो असहमत, संयुक्त अपील प्रकाशन नहुने

    ‘आजको बैठकमा संयुक्त अपील प्रकाशन गर्ने निर्णय गरेका छौँ’ बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले युगदर्शनसँग भन्नुभयो, ‘संघीयतालगायत मतभेद रहेका विषयहरु त्यसमा सामले हुने छैनन् । अब मतभेदका विषय हटाएर संयुक्त अपील प्रकाशन हुन्छ ।’

    राष्ट्रिय जनमोर्चाले सत्तारुढ दलसँग संघीयतासँगै संसदबाट पारित नागरिकता विधेयक, एमसीसीलगायत कतिपय विषयमा असहमति राख्दै आएको छ । राजमोले प्रतिगमनलाई हराउन र संविधान एवम् लोकतन्त्रको रक्षाको विषयमा नै गठबन्धन गर्नुपरेको पनि स्पष्ट पारेको छ ।

    यस्तै, बैठकले देशभर गठबन्धनमा कहाँ के समस्या छ भन्ने कुराको तथ्यांक संकलन गरेर छलफल गरेको छ । कतिपय जिल्लामा बागी उम्मेदवारहरु रहेका र निर्वाचन परिचालनमा देखिएका समस्या हल गर्ने निर्णय भएको सचिव पुरीले बताउनुभयो ।

    यस्तो छ राजमोले हस्ताक्षर गर्न अस्वीकार गरेको गठबन्धनको अपील

    कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले गठबन्धनका उम्मेदवारलाई पराजित हुन नदिन गठबन्धनभित्रका बागी उम्मेदवारलाई निस्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय गरेको हो ।

    ‘सबै क्षेत्रका समस्याबारे छलफल भएको छ । आन्तरिक रुपमा समस्या समाधानको पहल गर्ने भन्ने भएको छ’ उहाँले भन्नुभयो, ‘कतिपय क्षेत्रमा रहेका गठबन्धनका बागी उम्मेदवारलाई उम्मेदवारी निस्क्रिय पार्न चुनाव सम्मै पहल गरिन्छ ।’

    यस्तै, बैठकले बागी उम्मेदवारलाई निस्तेज पार्ने काममा ध्यान दिन गठबन्धन दलका शीर्ष नेतालाई ध्यानाकर्षणसमेत गरेको छ ।

    बैठकले एमाले नेतृत्वको गठबन्धनले चुनावी आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै त्यसबारे निर्वाचन आयोगलाई सचेत गराउने निर्णयसमेत गरेको छ ।

    बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासहित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुको उपस्थिति थियो ।

    गठबन्धनको बैठक : निर्वाचन परिचालनमा देखिएका समस्या समाधान गर्न पहल

    शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • २.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ३.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ४.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ५.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ७.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ८.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.