• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

‘संघीयता’ हटाएर गठबन्धनले संयुक्त अपील प्रकाशन गर्ने


  •   शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
  • काठमाडौं । पाँचदलीय गठबन्धनले निर्वाचनमा मत माग्न संयुक्त अपील प्रकाशन गर्ने भएको छ । शनिबार बसेको गठबन्धनमा आबद्ध दलहरूको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

    Advertisement

    सो अपीलमा गठबन्धन दलहरुबीच मतभेद रहेका विषयबस्तु भने समेटिने छैनन् ।

    विगतमा संघीयतालाई उपलब्धिका रुपमा ब्याख्या गर्दै सत्तारुढ दलले अपील प्रकाशन गर्ने निर्णय गरेपछि राष्ट्रिय जनमोर्चाले असहमति जाहेर गरेको थियो । त्यसपछि सत्तारुढ तीन दलल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले मात्रै अपील प्रकाशन गरेका थिए ।

    गठबन्धनको अपीलमा ‘संघीयता’ लेख्न राजमो असहमत, संयुक्त अपील प्रकाशन नहुने

    ‘आजको बैठकमा संयुक्त अपील प्रकाशन गर्ने निर्णय गरेका छौँ’ बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले युगदर्शनसँग भन्नुभयो, ‘संघीयतालगायत मतभेद रहेका विषयहरु त्यसमा सामले हुने छैनन् । अब मतभेदका विषय हटाएर संयुक्त अपील प्रकाशन हुन्छ ।’

    राष्ट्रिय जनमोर्चाले सत्तारुढ दलसँग संघीयतासँगै संसदबाट पारित नागरिकता विधेयक, एमसीसीलगायत कतिपय विषयमा असहमति राख्दै आएको छ । राजमोले प्रतिगमनलाई हराउन र संविधान एवम् लोकतन्त्रको रक्षाको विषयमा नै गठबन्धन गर्नुपरेको पनि स्पष्ट पारेको छ ।

    यस्तै, बैठकले देशभर गठबन्धनमा कहाँ के समस्या छ भन्ने कुराको तथ्यांक संकलन गरेर छलफल गरेको छ । कतिपय जिल्लामा बागी उम्मेदवारहरु रहेका र निर्वाचन परिचालनमा देखिएका समस्या हल गर्ने निर्णय भएको सचिव पुरीले बताउनुभयो ।

    यस्तो छ राजमोले हस्ताक्षर गर्न अस्वीकार गरेको गठबन्धनको अपील

    कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले गठबन्धनका उम्मेदवारलाई पराजित हुन नदिन गठबन्धनभित्रका बागी उम्मेदवारलाई निस्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय गरेको हो ।

    ‘सबै क्षेत्रका समस्याबारे छलफल भएको छ । आन्तरिक रुपमा समस्या समाधानको पहल गर्ने भन्ने भएको छ’ उहाँले भन्नुभयो, ‘कतिपय क्षेत्रमा रहेका गठबन्धनका बागी उम्मेदवारलाई उम्मेदवारी निस्क्रिय पार्न चुनाव सम्मै पहल गरिन्छ ।’

    यस्तै, बैठकले बागी उम्मेदवारलाई निस्तेज पार्ने काममा ध्यान दिन गठबन्धन दलका शीर्ष नेतालाई ध्यानाकर्षणसमेत गरेको छ ।

    बैठकले एमाले नेतृत्वको गठबन्धनले चुनावी आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै त्यसबारे निर्वाचन आयोगलाई सचेत गराउने निर्णयसमेत गरेको छ ।

    बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासहित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुको उपस्थिति थियो ।

    गठबन्धनको बैठक : निर्वाचन परिचालनमा देखिएका समस्या समाधान गर्न पहल

    शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.