काठमडाौं । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । मोरङ क्षेत्र नम्बर ३ (क) बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा उम्मेदवारसमेत रहेका उहाँको विराटनगस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
Advertisement
निमोनिया भएपछि उनी एक महिनादेखि उपचारका क्रममा रहेका थापालाई गत असोज २४ गते डेंगु संक्रमण पुष्टि भएको थियो ।
नोबेल मेडिकल कलेजका निर्देशक राजेश नेपालका अनुसार थापाको बुधबार बिहान १०।४० बजे निधन भएको हो ।
मंसिर ४ मै चुनाव
कांग्रेसका उम्मेदवार थापाको निधन भए पनि मोरङ क्षेत्र नम्बर ३ (१) को निर्वाचन मंसिर ४ गते नै हुने भएको छ।
उम्मेदवार थापाको निधन भएपछि खाली भएको स्थानमा कांग्रेसबाट अर्का उम्मेदवारको मनोनयन गराएर मंसिर ४ मै चुनाव गराउने निर्वाचन आयोगले जनाएको छ ।