खिमराज चालिसे (चंडिगढ), हेम बिजी (चिदम्बरम) ।
भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो ४४ औँ स्थापना दिवश भारतव्यापी रुपमा विविध कार्यक्रम गरी मनाइरहेको छ ।
स्थापना दिनवसका सन्दर्भमा विभिन्न नगर तथा क्षेत्रीय समितिहरुले सभा, प्रशिक्षण, शुभकामना आदान–प्रदानलगायतका कार्यक्रमहरु जारी राखेको छन् ।
यसै सन्दर्भमा सुदूरपश्चिमोत्तर क्षेत्रका विभिन्न नगरहरुमा पनि स्थापना दिवसका कार्यक्रम सम्पन्न भएका छन।
जालन्धर
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिको आयोजनामा संगठन को ४४ औं स्थापना दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
कार्यक्रममा मूल प्रवाहको ऐतिहासिक र गौरवमय यात्रालाइ केन्द्रित गर्दै वक्ताहरुमा विचार राखेका थिए । मूल प्रवाहका केन्द्रीय सदस्य कुल बहादुर बगाले, वैकल्पिक केन्द्रीय सदस्य धन बहादुर गोर्खाली, केन्द्रीय परिषद सदस्य लक्ष्मण खड्का र शुष्मा खड्का, वासुदेव पौडेल, गिर बहादुर रसाइली, राम बहादुर दर्लामी, मीना गाहा, मीना थापा, मीना बगाले, लाल बहादुर थापा लगाएतले मूल प्रवाहको स्थापनाको बारेमा प्रकाश पार्नु भएको थियो।
कार्यक्रम नगर सचिव तिल बहादुर थापा मगरको सञ्चालन तथा नगर अध्यक्ष जितमान थापाको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत धन बहादुर गोर्खालीले गर्नु भएको थियो।

हिसार
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको आयोजनामा मूल प्रवाहको ४४ औँस्थापना दिवशको कार्यक्रम सम्पन्न भएको छ।
यहाँ मूल प्रवाहको गौरवमय ऐतिहासिक उपलब्धिहरु समेतमाथि चर्चा गर्दै बोल्ने वक्ताहरुमा केन्द्रीय परिषद सदस्य नारायण विक, महिला क्षेत्रीय सदस्य चन्द्रा सोमरे, मलेसिया नेपाली एकता समाजका पूर्व अध्यक्ष थमन बिसि, कमला बगाले, श्याम बहादुर विक लगाएत हुनुहुन्थ्यो।
कार्यक्रम बाबुराम पोख्रेलको अध्यक्षता तथा केहरसिंह घर्तीमगरको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत कमला बगालेले गर्नु भएको थियो ।
संगरुर
मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित संगरुर नगर समितिको आयोजनामा पनि मूल प्रवाह को ४४ औँ स्थापना दिवसको कार्यक्रम सम्पन्न भएको छ ।
यहाँ मूल प्रवाहको महत्वपूर्ण भूमिकाबारे चर्चा गर्दै बोल्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय परिषद सदस्य बुद्धिराम आचार्य, हेमन्त मरासिनी, लिलाराम पान्डे, रुमा भुसाल, सरिता शर्मा, गंगा आचार्य, लक्ष्मी विष्ट र विन्दु मरासिनी लगाएत हुनुहुन्थ्यो।
कार्यक्रम नगर अध्यक्ष खेमराज पोख्रेलको अध्यक्षतामा तथा राजु खनालको संचालनमा सम्पन्न भएको हो भने स्वागत सरिता भुसालले गर्नु भएको थियो।

चिदम्बरम
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिको आयोजनमा ४४औँ एकता समाज स्थापना दिवस मनाइएको छ ।
गोकुल बहादुर गायकको उदघोषण, सूर्यमान गिरीको अध्यक्षता र प्रमुख अतिथि केन्द्रीय सदस्य बालाकृष्ण गायक र अतिथि क्षेत्रीय सदस्य नारायण शर्मा अतिथि आसनग्रहण पश्चत शहिदहरु प्रति एक मिनेट मौनधारण गरी अघि बढेको स्थापना दिवस कार्यक्रममा उपस्थित सम्पूर्ण जनसमुदायहरूलाई शब्दद्वारा खेम कुमारी जिसीले स्वागत गर्नु भएको थियो।
प्रमुख अतिथि बालाकृष्ण गायकले मन्तव्य राख्दै भन्नुभयो, ‘आज एकता समाजको ४४औं स्थापना दिवसमा सहभागी हुन पाउँदा हामी अत्यन्तै गौरवान्वित भएका छौं । भारतस्थित नेपालीहरुलाई आफ्नो अधिकार खोज्न, सङ्गठित हुन र परिवर्तनको बाटोमा अघि बढ्ने प्रेरणा एकता समाजकै हो । एकता समाजकै लक्ष्य र उद्देश्यमा आवद्ध भएकै कारण भारत प्रवासका नेपालीहरुमा नयाँ चेतना र विचारको विकास भएको हो ।’
संगठनकै कारण भारतस्थित प्रवासी नेपालीहरु देशको राजनैतिक आन्दोलनमा समेत सरिक बन्न सकेको स्पष्ट पार्नु भयो। तर यति बेला केही अनुसासनविहीन र अराजकहरुले एकता समाजकै नामबाट फुटपरस्त गतिविधि सञ्चालन गरिरहेका हुँदा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरू फुटपरस्तहरुलाई परास्त गर्दै नयाँ गतिले अघि बढ्नु पर्ने विचार राख्नु भयो ।
कार्यक्रमका क्षेत्रीय सदस्य नारायण शर्माले आफ्नो विचार राख्दै भन्नुभयो, ‘एकता समाज भारतस्थित प्रवासी नेपालीहरुको विश्वविद्यालय हो । यहि विश्वविद्यालयको शिक्षा र ज्ञानले नै आज हामी सामाजिक र राजनैतिक परिवर्तनको दिशामा अघि बढ्न सकेका हौं ।’
भारतमा स्थापना भएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आज विश्वभरिका नेपालीहरु माझ पुगेकोमा खुसी र गौरव महसुस भएको बताउदै आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूलाई विजय गराउन स्वदेश जान र आम जनतामा चुनावको प्रचारत्मक अभियान लैजान आजको स्थापना दिवस कार्यक्रमले थप भूमिका खेलेको धारणा राख्नु भयो।
उक्त स्थापना दिवस कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नेहरुमा मूल प्रवाह नगर समितिबाट हेम बिजी, विद्यार्थी विभागबाट विक्रम जिसी र महिला विभागबाट लिला गायक हुनु हुन्थ्यो ।
कोचिन
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको आयोजनामा पनि ४४ औं स्थापना दिवशको कार्यक्रम सम्पन्न भएको छ।
नगरका वरिष्ठ सदस्य रिखेन्द्र बिसी र नगर सदस्य प्रेमी बिर बहादुर रैकाले मूल प्रवाहको स्थापना दिवसको महत्वबारे बताउनु भएकोथियो ।
उहाँहरुले मूल प्रवाहको स्थापना मा बामपंथी आन्दोलन का शिर्ष नेताहरु मोहन विक्रम सिंह, चित्रबहादुर केसी र निर्मल लामाले गरेको अथक मिहिनेत, शहिद सरोज शर्माको योगदान र हजारौ कार्यक्रताहरूको उत्साह जनक सक्रियताले मूल प्रवाहले सबै किसीमका भ्रमहरु विरुद्ध शशक्त प्रतिकार गर्दै संगठन झनझन मजबूत बनाउदै लगिरहेको बताउनु भएको थियो।
कार्यक्रम नगर अध्यक्ष जुगँराज राँहु मगरको अध्यक्षतामा तथा जनक बिसीको सञ्चालनमा सम्पन्न भएको हो भने जानकी बिसीले स्वागत गर्नु भएको थियो ।

चंडिगढ र रोपडमा मूलप्रवाहको ४४ औं स्थापना दिवश मनाईयो
चवालिसौँ स्थापना दिवसमा मूल प्रवाहको अभिनन्दन