काठमाडौं । १२ वर्ष मुनिका विद्यार्थीहरुको फुटसल प्रतियोगितामा फेरिल्याण्ड इन्टरनेसनल स्कुल क्वार्टर फाइनल प्रवेश गरेको छ ।
Advertisement
शुक्रबार तारकेश्वर नगरपालिका गोलढुंगास्थित सेक्रेड हार्ट स्कूलमा भएको प्रतियोगितामा फेरिल्याण्डले लालीगुराँस र विभूती स्कुललाई पराजित गरेको हो।
प्रतियोगितामा २४ वटा विद्यालय सहभागी छन् । ‘अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स)’ को आयोजना र सेक्रेड हार्ट स्कुलको संयोजनमा प्रतियोगता आयोजना गरिएको फेरिल्याण्ड स्कुलका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले जानकारी दिनुभयो ।
काठमाडौंको बूढानीलकण्ठ–१० बालुवाखानीमा अवस्थित फेरिल्याण्ड इन्टरनेसनल स्कुलले खेलकुदलगायत विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भूमिका निर्वाह गर्दै आइरहेको छ ।