• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सरकारी जागिरसँगै, व्यावसायिक फूल खेती


  •   शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित
  • वेदकोट । कञ्चनपुर भीमदत्त नगरपालिका–१० तिलकेनीमा जनकबहादुर सिंहको बारी सयपत्री फूलले ढकमक्क छ । फूलबारीमा सिंहको दैनिकी व्यस्त बनेको छ ।

    Advertisement

    तिहार सकिएसँगै सुरु भएको चुनावको माहोलमा फूलको माला बनाउन र बिक्री गर्नमा सिंहको व्यस्तता बढेको हो । चुनावको तयारीमा माला र फूल खरिदका लागि मानिसहरू सिंहको फूलबारीसम्म पुग्ने गरेका छन् ।

    सिंह कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्राविधिकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँसँगै बागबानी विकास अधिकृत आशीष पाठक, बाली विकास अधिकृत जागृत खनाल र कृषि प्रसार अधिकृत कमलनयन पन्त सरकारी जागिरसँगै व्यावसायिक फूल खेतीमा आबद्ध हुनुहुन्छ ।

    ‘लकडाउनमा गाडीमा तरकारी बेच्ने काम गरियो, यसपटक साथीहरु मिलेर फूल खेती गर्ने सोच बनायौँ’, जनकबहादुर सिंहले भन्नुभयो, ‘जमिन भाडामा लिएर फूल लगाएपछि केही सिकाइ पनि भयो, अब फूल खेतीमा राम्रो भविष्य छ भन्ने लागेको छ ।’

    करिब रु पाँच लाख लगानीमा केही बेर्ना चितवनबाट ल्याएको र केही आफै उत्पादन गरी फूल खेती सुरु गरिएको उहाँको भनाइ छ ।
    ‘सयपत्रीमध्ये पनि चार/पाँच जातको फूल खेती गरेका छौँ, फूलको माग धेरै छ, तिहारमा पूर्ति गर्न सकेनौँ, उहाँले भन्नुभयो, ‘चुनावका लागि भने फूल तयार भइसकेको छ ।’

    एउटा बोटबाट दुई वटा माला बनाउनका लागि पुग्ने फूल उत्पादन भइरहेको बाली विकास अधिकृत जागृत खनालले बताउनुभयो । उहाँले अब बाह्रै महिना फूल उत्पादन गर्ने गरी तयारी गरिरहेको बताउनुभयो ।

    चुनावमा उम्मेदवारीको प्रचारप्रसार तथा विजय र्‍यालीसम्म ठूलो मात्रामा फूलमाला खपत हुँदै आएको छ । प्रतिकिलो रु पाँच सयका दरले र प्रतिमाला रु एक सयका दरले बिक्री गरिरहेका छौँ, उहाँले भन्नुभयो, “एक किलो फूलबाट पाँचदेखि सात वटासम्म माला बनाउन सकिन्छ ।

    समयमा सिँचाइसँगै चिसोबाट बचाउन सके बेमौसममा पनि फूल उत्पादन गर्न सकिने बागबानी विकास अधिकृतसमेत रहेका पुष्प व्यवसायी आशीष पाठकले बताउनुभयो । ‘पुष्प व्यवसाय राम्रो छ, अझै बजारलाई व्यवस्थित गर्नसके धेरै युवा स्वदेशमै यो पेशा अँगाल्न सक्थे’, पाठकले भन्नुभयो ।

    शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.