• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

उमेरले राजनीतिको फैसला गर्दैन : अध्यक्ष केसी


  •   आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित
  • बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला नगर्ने बताउनुभएको छ । पाँच दलीय गठबन्धनको बागलुङ नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा आज बोल्दै उहाँले उमेरले वृद्ध भए पनि विचारमा आफू तन्नेरी रहेको सुनाउनुभयो ।

    Advertisement

    ‘विचार हो बुढो र तन्नेरी हुने, उमेरले राजनीतिमा फरक पार्दैन’, उहाँले भन्नुभयो । नेपाली कांग्रेसका दिवङ्गत नेता गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायतको दृष्टान्त सुनाउँदै उहाँले आवश्यकताले आफू पाको उमरेमा पनि सक्रिय राजनीतिमा रहेको उल्लेख गर्नुभयो ।

    बागलुङ–१ बाट आसन्न प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार रहनुभएका अध्यक्ष केसीले आफूले चाहेर नभई पार्टीको निर्णयअनुसार उम्मेदवार बनेको स्पष्ट पार्नुभयो । ‘मैले जिल्लाको साथीलाई पनि सिफारिस नगर्नुस् भनेको थिएँ, सिफारिस पनि भएको होइन, पछि पार्टी केन्द्रले नै अगाडि सा¥यो, गठबन्धन दलबाट पनि तपाईँ नै चुनावमा उठ्नुपर्छ भन्ने सुझाव आयो’, उहाँले भन्नुभयो ।

    अध्यक्ष केसीले गठबन्धनको सुत्रधार आफ्नै पार्टी रहेकोसमेत दाबी गर्नुभयो ।

    ‘गठबन्धनको सुरुआत गरेको हामीले हो, २०७७ पुस ५ गते संसद् विघटन भएपछि ७ गते प्रतिगमन भयो भनेर राष्ट्रिय जनमोर्चाले वक्तव्य निकालेको छ’, उहाँले भन्नुभयो ।

    विसं २०५६, २०६४ र २०७० को चुनावबाट सांसद बन्नुभएका अध्यक्ष केसी अहिले पुनः गठबन्धनका तर्फबाट चुनावी मैदानमा हुनुहुन्छ ।

    काठेखाेला २ भिमापाेखरामा चुनावी भेटघाट

    बागलुङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत काठेखोला गाउँपालिका वडा नं २ मा जनभेटघाट तथा चुनावी प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको छ । प्रचार प्रसार कार्यक्रम भिमापोखराको अक्षेते बजार, सलाम, नाकेधारा, मुलठाना, सिम काभ्रेमा सम्पन्न भएको थियो ।

    कार्यक्रममा निर्वाचन क्षेत्र नं. १ क का प्रदेशका उम्मेदवार तथा नेपाली काँग्रेस बागलुङका पूर्व सभापति दिपेन्द्र बहादुर थापाले संविधानको रक्षा र दिगो बिकाशका लागि गठबन्धनको बिकल्प नरहेको बताउदै गठबन्धनका उम्मेदवारहरु लाई बिजयी गराउन अनुरोध गर्नु भयो ।

    कार्यक्रममा नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य रामजी प्रसाद शर्मा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, नेपाली काँग्रेसका प्रदेश समानुपातिक उम्मेदवार ज्ञान कुमारी श्रीस, चम्पादेबि खडका, राष्ट्रिय जनमोर्चा प्रदेश समानुपातिक उम्मेदवार लक्ष्मी बास्कोटा, ए नेकपा माओवादीका प्रदेश समानुपातिक उम्मेदवार कुशुम बुढा, लक्ष्मी खडका, पाँच दलिय गठबन्धन निर्वाचन परिचालन समिति काठेखोला २ का संयोजक बिदुर भण्डारी, तोरणध्वज मल्लले मन्तव्य राख्नु भएको थियो । प्रचार कार्यक्रममा पाँच दलिय गठबन्धनका केन्द्र, प्रदेश, जिल्ला र पालिका स्तरीय नेता तथा कार्यकर्ताहरुको सहभागी रहेको थियो ।

     

    आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • २.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ३.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ४.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ५.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ७.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ८.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.