• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

अमेरिकी साम्राज्यवाद विरोधी अन्तर्राष्ट्रिय मोर्चा निर्माण गर्ने मसालको घोषणा

"निकट भविष्यमै सम्मेलनको तयारी "

  •   बिहिबार, पुष २४, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले अमेरिकी दादागिरी बढ्दै गएकोप्रति आपत्ति प्रकट गर्दै त्यसविरुद्ध अन्तर्राष्ट्रिय मोर्चा निर्माणको थालनी गरेको छ । बिहीबार महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य प्रकासित गरी ‘क्रान्तिकारी पार्टी तथा संगठनहरुको अन्तर्राष्ट्रिय समन्वय (आईसीओआर)’ सँग मिले साम्राज्यवाद विरुद्धको मोर्चा निर्माण गर्न पहल भइरहेको जानकारी दिनुभएको हो ।

    Advertisement

    अमेरिकी साम्राज्यवाद विरोधी मोर्चाको निर्माणको लागि सम्भवतः निकट भविष्यमा नै नेपालमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने छ ।

    मसालले हालै इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अमेरिकी सेनाद्वारा गरिएको हत्याप्रति आपत्ति समेत प्रकट गरेको छ ।

    यस्तै, एमसीसीको उद्देश्य नेपाललाई अमेरिकी क्याम्पमा सामेल गराउनु र त्यसरी चीनका विरुद्धको घेराबन्दीमा अमेरिकी साम्राज्यवादको रणनीतिक उद्देश्यको पूर्तिको लागि नेपाललाई उपयोग गर्नु हो भन्दै त्यसलाई कुनै हालतमा पारित नगर्न पनि मसालले आग्रह गरेको छ ।

    यस्तो छ महामन्त्री सिंहद्वारा जारी वक्तव्य
    अमेरिकाद्वारा इरानका सैनिक कमाण्डर कासिम सुलेमानीको हत्याको ने.क.पा. (मसाल)ले तीव्र शब्दमा भत्र्सना गर्दछ । त्यो हत्याभन्दा गम्भीर कुरा यो छ कि अमेरिकाले कुनै पनि देशमा गएर कुनै पनि देशका नागरिकलाई मार्न सक्ने जुन कार्यशैली अपनाएको छ, त्यो अत्यन्त आपत्तिजनक छ । त्यसले अमेरिकी साम्राज्यवादको नाङ्गो प्रकारको कार्यशैलीलाई बताउँछ । अमेरिकी साम्राज्यवादको नीतिबाट विश्वका विभिन्न देशहरूको राष्ट्रियता, सार्वभौमिकता तथा विश्व शान्तिमा नै गम्भीर आँच पुग्दै आएको छ र ट्रम्प प्रशासन अन्तगर्त त्यो अरू बढेर गएको छ ।

    अमेरिकी साम्राज्यवाद विश्वका लागि नै अत्यन्त गम्भीर खतरा बनेको छ र त्यसका विरुद्ध संसारभरका सबै राष्ट्र र शान्तिप्रेमी जनताले आवाज उठाउनु आवश्यक भएको छ र उठाउँदै गइरहेका छन् । त्यसका लागि विश्वभरका शान्तिप्रिय जनताका बीचमा व्यापक अन्तर्राष्ट्रिय ऐक्यवद्धता आवश्यक छ । ने.क.पा. (मसाल)ले आईसीओआरसित सम्बन्धित विभिन्न क्रान्तिकारी पार्टी र सङ्गठनहरूसित मिलेर अमेरिकी साम्राज्यवाद विरोधी मोर्चाको निर्माण गर्नका लागि अन्तर्राष्ट्रिय स्तरमा नै पहलकदमी गरिरहेको छ ।

    बताइरहनुपर्ने आवश्यकता छैन कि अमेरिकाको जुन विशाल शक्ति छ, त्यसका तुलनामा हाम्रो पहल अत्यन्त अपर्याप्त हुनेछ । तैपनि त्यस प्रकारको सिलसिला अगाडि बढ्दै गएमा त्यसले साम्राज्यवादका विरुद्ध शक्तिशाली आन्दोलनको रूप ग्रहण गर्ने छ भन्ने कुरामा हामीलाई पूर्ण विश्वास छ । अमेरिकी साम्राज्यवाद विरोधी मोर्चाको निर्माणको लागि सम्भवतः निकट भविष्यमा नै नेपालमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने छ ।

    वास्तवमा अमेरिकाले अन्तर्राष्ट्रिय स्तरमा जुन नीति अपनाइरहेको छ, त्यो स्वयं अमेरिकी जनताको हितमा पनि छैन । त्यसले खाली अमेरिकी एकाधिकार पुँजीवाद वा अमेरिकी साम्राज्यवादको मात्र सेवा गर्दछ । त्यसकारण स्वयं अमेरिकाका जनता र विश्वभरका जनताले अमेरिकाको साम्राज्यवादी कार्यविधिका विरुद्ध आवाज उठाउने तथा अन्तमा अमेरिकी साम्राज्यवादका तुलनामा विश्व शान्तिको आन्दोलन शक्तिशाली हुनेबारे पनि हामी पूरा आशावादी छौँ । अन्तमा अमेरिकी साम्राज्यवाद आज जति शक्तिशाली भएपनि त्यसको पराजय हुनु अवश्यम्भावी छ ।

    सुलेमानीको हत्या निश्चित रूपले एउटा जघन्य र अन्तर्राष्ट्रिय अपराध हो । तर, कुरा त्यहीसम्म मात्र सीमित छैन । अमेरिकी साम्राज्यवादले अरू देशहरूको सार्वभौमिकतालाई अतिक्रमण गर्न कैयौँ प्रकारका रणनीति अपनाइरहेको छ । इण्डोप्यासिफिक रणनीति त्यही प्रकारको एउटा उदाहरण हो । त्यो रणनीतिको मुख्य उद्देश्य हिन्द प्रशान्त क्षेत्रका देशहरूमा आफ्नो राजनीतिक प्रभुत्व कायम गर्नु हो । कुनै बेला अमेरिकाले सोभियत सङ्घलाई घेर्नको लागि नर्थ एटलान्टिक ट्रिटी अर्गानाइजेशनको गठन गरेको थियो । अहिलेको इण्डोप्यासिफिक रणनीति चीनलाई घेर्नका लागि ल्याइएको नयाँ अमेरिकी कदम हो । अमेरिकाको चीनसितको प्रतिस्पर्धा बढ्दै गइरहेको छ र चीनलाई घेर्नको लागि नै त्यसले इण्डोप्यासिफिक रणनीतिलाई अगाडि ल्याएको छ ।

    अमेरिका र चनिको बीचको अन्तर्विरोध कुन रूपमा अगाडि बढ्दछ ? त्यो निश्चय पनि अन्तर्राष्ट्रिय चासोको विषय हो । तर, चीनसितको प्रतिस्पर्धाका कारणले इण्डोप्यासिफिक क्षेत्रका सबै देशहरूमाथि राजनीतिक प्रभुत्व कामय गर्न खोज्ने अमेरिकाको प्रयत्नलाई कुनै पनि अवस्थामा सही भन्न सकिन्न । त्यही क्रममा नेपालमाथि पनि आफ्नो राजनीतिक प्रभुत्वलाई कायम गर्न अमेरिकाले एमसीसी (मिलेनियम च्यालेञ्ज कर्पोरेशन) अगाडि ल्याएको छ ।

    स्वयं अमेरिकाले स्वीकार गरिसकेको छ कि एमसीसी इण्डोप्यासिफिक रणनीतिको अङ्ग हो । त्यस सन्दर्भमा काठमाडौँस्थित अमेरिकी राजदुतावास र अमेरिकी स्टेस असिटेन्ट सेक्रेटरी मिसेज एलाइस वेलका वक्तव्यहरू उल्लेखनीय छन् । त्यस प्रकारको पृष्ठभूमिमा एमसीसी इण्डोप्यासिफिक रणनीतिको अङ्ग होइन भनेर प्रमाणित गर्न खोज्ने ओली सरकारको प्रयत्न हास्यास्पद र आधारहीन छ ।

    एमसीसीको उद्देश्य नेपाललाई अमेरिकी क्याम्पमा सामेल गराउनु र त्यसरी चीनका विरुद्धको घेराबन्दीमा अमेरिकी साम्राज्यवादको रणनीतिक उद्देश्यको पूर्तिको लागि नेपाललाई उपयोग गर्नु हो । त्यसैले त्यसलाई समर्थन गरेमा नेपाल घोषित रूपले नै अमेरिकी साम्राज्यवादको पक्षमा जाने छ र नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ । त्यसैले सरकारको संसदद्वारा त्यसलाई पारित गराउने कुनै पनि प्रयत्नलाई ने.क.पा. (मसाल)ले कडा शब्दमा विरोध गर्दछ ।

     

    बिहिबार, पुष २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.