काठमाडौं । अमेरिकाले इरानी सैनिक कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि मध्यपूर्वमा युद्धको त्रास फैलिएको छ । गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा इरानी सैनिक अधिकारी सुलेमानी इराकमा मारिएपछि बुधबार इरानले पनि जवाफी कारबाही गर्दै इराकस्थित सैनिक अखडामा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको छ ।
Advertisement
त्यस क्रममा ८० जना भन्दा बढी अमेरिकी सेना मारिएका र अरु थुप्रै घाइते भएका जनाइएको छ । युद्धको सन्त्रासबीच अमेरिकी सेना आफ्ना परिवारसँग विदा मागेर कार्यक्षेत्रमा फर्किएका तस्बिर बुधबार सामाजिक सञ्जालमा छरिएका छन् ।
परिवारका सदस्यसँग रुँदै छुट्रिटएका ह्रदयविदारक तस्बिरले युद्ध पिपासु अमेरिकी साम्राज्यवादी देशका सेना र तिनका परिवारसँगै विश्वभरका मानिसको आँखा रसाएका छन् ।
हेरौं केही तस्बिरहरु






