रवि शर्मा ##
कसलाई के भनौ खोई यहाँ त जात्रा भयो
रिसराग, कुण्ठाको भकारीमा धुँवाको यात्रा भयो
Advertisement
अत्यास, ऐठन र लुतोको कनावट भयो
परको यात्रा सर्दै झन् पर पर खाडलमा गयो
चेतना, बस्ती र दिवार यहाँ उठाउनुपर्ने
मन, छाती र शरीर किन हो र तुवाउनुपर्ने
वैमनस्यता, विवशता, तेरो र मेरो उत्पादन भयो
सधैँ अट्यास र बादलको भुमरीमा जीवन धुमिल भयो
सर्वहारा, गरिब र विपन्नताको दिन ल्याउन जीवन प्रयत्न भयो
सुतेका बस्तीहरू, भत्केका दिवार फेर्न निकै कठिन हुने भयो
भोको पेट, नाङ्गो शरीर हिँड्नेको जीवन कहिले फेर्ने
समानताको दिन ल्याउन वर्गीय युद्ध लड्नै पर्ने
शोषकमाथिको लडाइँ शोषितले कहिले हो जित्ने ?
चरम अन्याय र अत्याचारको अन्त्य कहिले हो गर्ने ?
अक्टोबर २२, २०२२