इस्लामाबाद । पाकिस्तानको निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनावमा भाग लिन नदिने घोषणा गरेको छ ।
यो निर्णय राजनीतिक झगडामा अर्काे मोड हो जुन खानको अप्रिल अपदस्थ हुनु अघि सुरु भयो, र यो पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टार र उनको पाकिस्तान तहरीक–ए–इन्साफ ‘पीटीआई’ पार्टीले लडिरहेका धेरै कानूनी लडाइहरू मध्ये एक भएको उहाँको वकिलले जानकारी दिएको छ ।
सत्तामा रहँदा उहाँले अनावश्यक रुपमा उपहार लिएको देशको निर्वाचन आयोगले फैसला गरेपछि उम्मेदवार हुन अयोग्य घोषित गरिएको उहाँको वकिल गोहर खानले जानकारी दिएका हुन ।
ईसीपी ‘पाकिस्तानको निर्वाचन आयोग’ले इमरान खानलाई भ्रष्ट अभ्यासमा संलग्न भएको घोषणा गरेको छ, गोहरले भने, हामी यसलाइ अहिले इस्लामावाद उच्च अदालतर्मा चुनौती दिने छौँ गोहरले सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।
सरकारी अधिकारीहरूले सबै उपहारहरू घोषणा गर्नुपर्छ, तर तिनीहरूलाई निश्चित मूल्यभन्दा कम राख्न अनुमति दिइएको छ । (रासस/एएफपी)