• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

‘इरानबाट पाठ सिकेर संसदले एमसीसी अस्वीकार गरोस्’


  •   मङ्गलबार, पुष २२, २०७६ मा प्रकाशित
  • राष्ट्रिय जनमोर्चा र रक्तिम सांस्कृतिक अभियानका काठमाडौं जिल्ला समितिले संयुक्तरुपमा सञ्चालन गरिरहेको जाली नक्सा खारेजीको छैठौं संस्करण मंगलबार चाबहिलमा सम्पन्न भएको छ । भारतले नेपालको कालापानी लिपुलेक र लिम्पियाधुरा लगायतको भूभाग समेटेर जाली नक्सा सार्वजनिक गरेपछि त्यसविरुद्ध राजमो र रक्तिमले लगातार विरोध गर्दै आएका छन् ।

    Advertisement

    मंगलबार चाबहिलमा आयोजित सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले भारतले गरेको सीमा अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारले खुट्टा कमाउन नहुने बताउनुभयो । उहाँले सीमा अतिक्रमण र जाली नक्सा खारेजीका लागि संयुक्त राष्ट्रसंघमा उठाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    यस्तै, नेता शर्माले सरकारले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट पाररित गराउन खोजेकोप्रति आपत्ति प्रकट गर्दै त्यसलाई संसदले अस्विकार गर्ने बताउनुभयो ।

    ‘हाम्रो संसदले इरानको अहिलेको घटनाबाट पाठ सिकेर अमेरिकी साम्राज्यवादी सर्तसहित आएको एमसीसी अस्विकार गरोस्’ नेता शर्माले भन्नुभयो, ‘अमेरिकाले दिने केही करोड वा अर्ब रुपैयाँसँगै अमेरिकी साम्राज्यवासमेत नेपालमा घुस्न खोज्दैछ । इण्डो प्यासिफिक रणनीति अन्तर्गतको एमसीसी नेपालमा छिर्यो भने जसरी इरानी कमाण्डरको हत्यापछि इराकबाट अमेरिकी सेना फिर्ता गर्न दिएको अल्टिमेटम अमेरिकाले अटेर गरेको छ, नेपालमा पनि त्यही दोहोरिन सक्छ ।’

    गतसाता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका सबैभन्दा शक्तिशालीमध्ये जर्नेल कासिम सुलेमानी इराकमा मारिएपछि इराकले आफ्नो देशबाट अमेरिकी सेना फिर्ता लैजान आदेश दिएको थियो तर अमेरिकाले आफ्ना सेना फिर्ता लैजाने अवस्था आए इराकमाथि नाकाबन्दी लगायउने चेतावनी दिएको छ ।

    कार्यक्रममा नेकपा (मसाल) ३ नं प्रदेशका प्रवक्ता समीर सिंहले नेपालबाट उत्तर कोरियाली नागरिक र त्यहाँकाे लगानी फिर्ता गरेर सरकारले अमेरिकी साम्राज्यवादको सेवा गरेको आरोप लगाउनुभयो । उहाँले सरकारका गलत क्रियाकलापका कारण देश भारतीय र अमेरिकी साम्राज्यवादीहरुकाे क्रिडास्थल बन्ने खतरा रहेकाे बताउनुभयाे ।

    कार्यक्रमलाई अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेल, राजमो कर्णालीका अध्यक्ष भरत शाही लगायतका नेताहरुले पनि सम्बोधन गर्नुभएको थियो । राजमो काठमाडौं जिल्ला सदस्य प्रेम मोक्तानको अध्यक्षता र नेकपा (मसाल) जिल्ला प्रवक्ता जगत रेग्मीको सञ्चालनमा अघि बढेको कार्यक्रममा रक्तिमका कलाकारहरुले विभिन्न जोशीला गीत र नृत्य प्रस्तुत गरेका थिए ।

    मङ्गलबार, पुष २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.