काठमाडौं । बझाङमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
Advertisement
बझाङको मष्टा गाउँपालिका–१मा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि लैजाने क्रममामृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
अहिले प्रहरी घटनास्थल पुगेको छ। उद्धारको कार्य भइरहेको प्रहरीले जनाएको छ।
जिप टुक्रा टुक्रा भएको र घाइतेको उद्धारकार्य चलिरहेको भन्दै प्रहरीले मृतक संख्या बढ्न सक्ने आशंका गरेको छ ।
मृतकको सनाखत हुन बाँकी छ । सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कँदै गरेका यात्रुहरू दुर्घटनामा परेको मष्टा गाँउपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिनुभयो ।
भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाई भएको प्रत्यक्षदर्शीले बताएका छन् ।