• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘कसरी सुरक्षित गरिदैँछ शताब्दी पुरुषको पार्थिव शरीर’


  •   आइतबार, असोज ३०, २०७९ मा प्रकाशित
  • सिबी अधिकारी, काठमाडौं ।
    जिउँदो इतिहासका साक्षीका रूपमा १०३ वर्षको उमेरमा आज महाप्रस्थान गर्नुभएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने भएको छ ।

    Advertisement

    पारिवारिक सहमतिअनुसार स्व जोशीको शवलाई दाहसंस्कार नगरी चिकित्साशास्त्र सम्बन्धी अध्ययनका लागि ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा राखिने भएको हो । अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जोशीको पार्थिव शरीरलाई मेडिकल चिकित्सा प्रणालीअनुसार अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘अहिले जोशीको पार्थिव शरीरलाई नबिग्रिने हिसाबले केमिकल र औषधि प्रयोग गरेर सुरक्षितरूपमा ‘प्रिजर्भ’ गरिएको छ । ‘प्रोफेसर’ को भनाइअनुसार उहाँको शरीरलाई चिरकालसम्म कुनै पनि तत्वले बिगार्न सक्दैन । उहाँको शरीरबाट चिकित्सा प्रणाली अनुरूप कसरी ज्ञान र सीप लिन सकिन्छ, त्यो आर्जन गर्नेछौँ ।’ जोशीको पार्थिब शरीरलाई परिवारले किष्ट शिक्षण अस्पताललाई पूर्णरूपमा हस्तान्तरण गरेको छ ।

    ‘चिकित्सा प्रणाली अनुरुप के–के गर्नुपर्ने हो, शरीरको कुन भागको अध्ययन अन्वेषण गर्ने र उहाँको शरीरलाई चिकित्सकीय प्रणालीमा के–कसरी प्रयोग गर्ने भन्ने विज्ञहरुको रायअनुरुप अघि बढ्छौँ । ‘प्रिजर्भ कन्डिसन’ कति समय रहन्छ भन्ने अहिले भन्न सकिन्न’, उहाँले भन्नुभयो ।

    अस्पतालले जनाएअनुसार स्व जोशीको शरीरको हरेक भागलाई अध्ययन अनुसन्धान गरिनेछ । स्व जोशीको चाहनाअनुरुप चिकित्सा प्रणालीमा अनुसन्धान हुनेछ ।

    ‘मेरो शरीरको चिकित्सा प्रणाली अनुरुप अध्ययन होस्’ भन्ने उहाँको चाहना थियो सोही अनुरुप सम्पूर्ण अङग प्रत्यङ्गको सूक्ष्मरूपमा अध्ययन अन्वेषण गरिन्छ’ स्व जोशीको भनाई उधृत गर्दै अस्पतालका निर्देशक बज्राचार्यले भन्नुभयो । उहाँले जोशीबारे चिकित्सा शिक्षा मात्र नभई हरेक क्षेत्रमा अध्ययन गर्न चाहनेलाई अनुसन्धान गर्ने अवसर दिइने बताउनुभयो । स्व जोशीको शरीरको विस्तारै अध्ययनको प्रक्रिया शुरु गरिने र विशेषज्ञ चिकित्सकहरुबाट शरीरको हरेक भागको अध्ययन हुनेछ ।

    कहाँ राखिन्छ पार्थिव शरीर
    किष्ट शिक्षण अस्पतालले जोशीको पार्थिव शरीरलाई अस्पताल परिसरकै आधारभूत साइन्स भवनको हलमा राख्ने निर्णय गरेको छ । अस्पतालका निर्देशक बज्राचार्यले जोशीको शरीर अध्ययनका लागि अस्पतालको बेसिक साइन्स ल्याब रहेको भवनमा राखिने बताउनुभयो । अस्पतालमा जोशीको शरीर रहे पनि सर्वसाधरणले भने हेर्न पाउने छैनन् । मेडिकल क्षेत्रका अनुसन्धानकर्ताले अनुमति लिएर मात्रै हेर्न र अध्ययन गर्न पाउने निर्देशक बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘परिवारले नै हामीलाई गोपनीयता र सम्मानस्वरूप राखिदिनुस् भन्नुभएको छ र मेडिकल ‘इथिक्स’को पनि कुरा हुन्छ ।’

    आज बिहान सात बजेर नौ मिनेटजाँदा दुःखद निधन हुनुभएका जोशीको चिकित्सा प्रणाली पूरा गरेर मध्याह्न अस्पतालमा आधा घण्टा श्रद्धाञ्जलिका लागि राखिएको थियो । त्यसपछि ललितपुर महानगरपालिका प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलिका लागि साँझसम्म राखियो । त्यहाँ प्रधानमन्त्री, मन्त्रिगण, विभिन्न राजनीतिक दलका शीर्ष नेता, साहित्यकार एवं शुभेच्छुक सर्वसाधारणको उल्लेख्य सङ्ख्यामा उपस्थिति थियो । स्व जोशीलाई राष्ट्रिय सलामी अर्पण गरी अन्तिम बिदाइ गरिएको थियो ।

    श्रद्धाञ्जलिपछि परिवारले जोशीको पार्थिव शरीर किष्ट अस्पताललाई पूर्णरूपमा हस्तान्तरण गरेको छ । अन्त्येष्टि नगरिए पनि त्यसबाहेकका अन्य संस्कार विधिपूर्वक पूरा गरिने उहाँका जेठा छोरा अणुराज जोशीले बताउनुभयो । आफूहरुको इच्छाअनुरुप बुबाको शरीर अस्पतालाई दिइएको उहाँले उल्लेख गर्नुभयो ।

    ‘मरणोपरान्त अस्पतालमा अध्ययन गर्नका लागि शरीर दान गर्ने बुबा (स्व जोशी) को इच्छा अनुरुप लेखेरै दिनुभएको थियो, मैले पनि हस्ताक्षर गरेको हुँ, सोही अनुरुप शवअस्पताललाई हस्तान्तरण गरिएको छ’, उहाँले भन्नुभयो, ‘बुबाको इच्छा त केही नगर्नु भन्ने थियो, ९९ वर्षीया आमाको पनि सोही इच्छा छ तर, अन्तिम दाहसंस्कार बाहेक भोलिदेखि अन्य संस्कार गर्छौँ होला । पुरोहितसँग सल्लाह गरेर बाँकी काम सक्छौँ’, उहाँले भन्नुभयो ।रासस

    आइतबार, असोज ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.