पोखरा । राष्ट्रिय जनमोर्चा कास्कीले निर्वाचन क्षेत्र नम्बर १ मा चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकले चुनाव प्रचार प्रसार, आर्थिक लगायत विभिन्न समिति गठन गरेको छ ।
बैठकले मदनमुरारि घिमिरेको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति चयन गरेको छ । समितिको सदस्यमा हरि प्रसाद बराल, रमेश गुरुङ, जित बहादुर बोहोरा र डिआर विरोधी रहनुभएको छ ।
त्यस्तै, हरिप्रसाद वरालको संयोजकत्वमा ३१ सदस्यीय निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति गठन गरेको छ।
कार्यक्रममा राजमो गण्डकी प्रदेश अध्यक्ष शंकर बराल बरालले देशको समसामयिक राजनीतिक परिस्थिति बारेमा जानकारी गराउनुभएको थियो । बैठकको अध्यक्षतता राजमो जिल्ला सल्लाहकार मदन मुरारी घिमिरेले र सञ्चालन जिल्ला अध्यक्ष रवि मोहन ढकालले गर्नुभएको थियो ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा राजमो कास्कीले प्रत्यक्षतर्फ उम्मेदवारी दिएको छैन । तर, समानुपातिकतर्फ गण्डकी प्रदेश र प्रतिनिधि सभामा उम्मेदवारी दिएको छ ।