अस्ट्रेलिया । अस्ट्रेलियामा गत सेप्टेम्बर महिनायता लागेको आगलागीका कारण ५० करोड जनावरको ज्यान गएको छ। ३ महिनायता जारी आगलागीले झन्डै ५० करोड जनावर मरेपछि केही जनावर लोप हुने खतरा रहेको युनिभर्सिटी अफ सिड्नीलाई उदृत गर्दै सीएनबीसीले जनाएको छ ।
आगलागी हाल झन भीषण बन्दै अनियन्त्रित अवस्थामा पुगेको छ।हालसम्म आगलागीले २५ जना मानिसको ज्यान गएको छ। २५ सय घर जलेर नष्ट भएका छन्।
आगलागीले ८ हजार कोअलाको ज्यान गएको बताइएको छ कोअलाको लोप हुने खतरामा रहेको जनाइएको छ । कोअलासँगै अति नै दुर्लभ मानिएको सानो मुसा मार्सुपियल पनि लोप हुने अवस्थामा पुगेको छ । यस्तै युरोपेली मुसा डुनार्ट्स पनि लोप हुने खतरामा छ ।
आगलागीले अनगिन्ती किरा, फट्याङ्रा, कंगारु, हरिण, मृग, स्याल, चराहरु मरेको जनाइएको छ ।

अस्ट्रेलियाका सबैजसो राज्यमा आगलागी जारी छ । सबैभन्दा बढी आगलागी न्युसाउथ वेल्समा लागेको छ । त्यहाँ सबैजसो राज्यको तापक्रम ४० डिग्री पुगेको छ। आकाश पुरै रातो देखिएका छन् ।
न्युसाउथ वेल्समा ७ दिनका लागि संकटकालको घोषणा गरिएको छ ।