• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्युठानमा प्रतिनिधि सभा चुनाव परिचालन समितिको संयोजकमा खत्री


  •   सोमबार, असोज २४, २०७९ मा प्रकाशित
  • खलङ्गा । प्युठानमा प्रतिगमन विरोधी चुनावी गठबन्धनको चुनाव प्रचार प्रसारका लागि गठन गरिएको प्रतिनिधि सभा चुनाव परिचालन समितिको संयोजकमा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्री चुनिनुभएको छ ।

    Advertisement

    २०७९ असोज २४ गते राजमो प्युठानको कार्यालयमा बसेको पाँच दलको संयुक्त बैठकबाट सो निर्णय गरिएको हो ।

    बैठकपछि जारी गरिएको संयुक्त प्रेसवक्तव्यमा प्रतिनिधि सभा निर्वाचन परिचालन समितिको संयोजकमा बोमबहादुर खत्री तथा सदस्यहरूमा नेपाली काङ्ग्रेसका सुवास केसी, नेकपा (माओवादी केन्द्र) का नारायण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का राजकुमार कक्षपती र नेपाल समाजवादी पार्टीका श्याम गहतराज रहनुभएको छ ।

    त्यस्तै, प्रदेशसभा कतर्फ नेकपा (माओवादी केन्द्र) का यज्ञबहादुर केसी (प्रभात) संयोजक रहनुभएको निर्वाचन परिचालन समिति गठन गरिएको छ । सो समितिमा नेपाली काङ्ग्रेसका टोपाराम कालाथोकी, राष्ट्रिय जनमोर्चाका केशवराज आचार्य, नेकपा (एकीकृत समाजवादी) का कृष्ण रायमाझी र नेपाल समाजवादी पार्टीका शिवबहादुर पुन सदस्य रहनुभएको छ ।

    त्यसैगरी, प्रदेश खमा नेपाली काङ्ग्रेसका निमा गिरी संयोजक रहनुभएको निर्वाचन परिचालन समिति गठन गरिएको छ । सो समितिको सदस्यहरूमा नेकपा (माओवादी केन्द्र) का विश्वबन्धु थापा, राष्ट्रिय जनमोर्चाका तिलक जिसी, नेकपा (एकीकृत समाजवादी) का दलबहादुर केसी र नेपाल समाजवादी पार्टीका दामोदर गिरी रहनुभएको छ ।

    त्यस्तै, निर्वाचन परिचालनका लागि प्रतिनिधि सभातर्फको सम्पर्क कार्यालय जुम्रीमा, प्रदेश कको सम्पर्क कार्यालय चकचकेमा र प्रदेश खको कार्यालय बागदुलामा स्थापना गर्ने बताइएको छ ।

    प्रेसविज्ञप्तिमा बाढीपहिरोबाट बेपत्ताको खोजी, पीडितका उद्धार र राहतमा लाग्न तीनै तहमा सरकार र राजनीतिक दलका नेता/कार्यकर्ताहरूलाई अनुरोध गरिएको छ ।

    त्यसैगरी, प्रेसवक्तव्यमा प्रतिनिधि सभाका उम्मेदवार दुर्गा पौडेललाई गिलासमा, प्रदेश कका उम्मेदवार कृष्ण अधिकारी (प्रकाश) लाई गोलाकारभित्रको हसियाहथौँडामा र प्रदेश खका उम्मेदवार नेपाली काङ्ग्रेसका सरोज थापा (रोज राणा) लाई रुख चिह्नमा मतदान गर्न आग्रह गरिएको छ ।

    विज्ञप्तिमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष कृष्णबहादुर खड्का, नेपाली काङ्ग्रेसका जिल्ला सभापति विष्णुकुमार गिरी, नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज नारायण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष भोजविक्रम बुढामगर र नेपाल समाजवादी पार्टीका जिल्ला अध्यक्ष श्याम गहतराजको हस्ताक्षर रहेको छ ।

    सोमबार, असोज २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.