कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलाम गएका १५ जना मध्ये दुईजना सम्पर्कमा आएका छन् ।
Advertisement
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १३ जना मलामी सम्पर्कमा नआएको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताउनुभयो ।
मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलाममा तिला नदी गएका वडाध्यक्ष परबहादुर शाही, राँचुलीमा मलाम गएका सम्पर्कविहीन भएको खबर पाएपछि खोजीका लागि प्रहरी टोली पठाएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो ।