बर्दिया । कर्णाली नदीमा आएको बाढीले आठ सयभन्दा बढी परिवार दुबानमा परी विस्थापित भएका छन् ।
Advertisement
राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको–८ सय घर डुबानमा परेकोले विस्थापित भएका हो । डुबानमा परेकालाई नजिकैका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश चौधरीले बताउनुभयो ।
नदी र खोलामा पानीको सतह बढ्नेक्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई नदीमा माछामार्ने र काठ ओसार्ने काममा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।