मकवानपुर । नेकपा (एमाले) ले यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएपछि एमाले कार्यकर्ताले हेटौँडामा रहेको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
Advertisement
पार्टीको कार्यप्रति असन्तुष्टि जनाउँदै २०७९ असोज २३ गते तालाबन्दी गरेको बताइएको छ ।
दुई दिन अगाडिसम्म एमालेले केन्द्रीय सदस्य रामेश्वर रानाको टिकट फाइनल गरेको भए पनि अन्तिम अवस्थामा कमल थापालाई उम्मेदवारीका लागि टिकट दिएपछि एमाले कार्यकर्ता रुष्ट भएको पाइएको छ ।