काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभामा समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको छ । बन्दसूचीमा राष्ट्रिय जनमोर्चाको तर्फबाट ११० जना उम्मेदवार समावेश छन् ।
Advertisement
प्रतिनिधि सभामा राष्ट्रिय जनमोर्चाले खसआर्यतर्फ ३४, आदिवासी जनजातितर्फ ३२, दलिततर्फ १५, मधेसीतर्फ १७, थारूतर्फ ७ र मुस्लिमतर्फ ५ जना उम्मेदवार उठाएको छ । त्यसमध्ये पिछडिएको क्षेत्रबाट ५ जना र अपाङ्ग १ जना रहेका छन् ।
आयोगले २०७९ असोज २३ गते आइतबार बिहान सार्वजनिक गरेको बन्दसूचीअनुसार समानुपातिकतर्फ देशभरिका कुल ४७ दलका ६ हजार ४८० उम्मेदवार रहेका छन् ।
त्यस्तै, प्रतिनिधि सभातर्फ ४७ दलका उम्मेदवारको सङ्ख्या दुई हजार ३३९ छ भने सात प्रदेशमा गरी कुल ४ हजार ५७ जनाको नाम बन्दसूचीमा समावेश गरिएको छ ।
यस्तो छ प्रतिनिधि सभातर्फको समानुपातिक उम्मेदवारको सूची