काठमाडौँ । राजधानी काठमाडौँमै एक जना जंगली भालुले मानिसलाई टोकेको छ ।
Advertisement
२०७९ असोज २२ गते शनिबार बिहान ९ बजेतिर भालुको आक्रमणबाट शंखरापुर नगरपालिका वडा नम्बर ८ घुमारिचोकका विमान थिङ घाइते भएका हुन्
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार सोही ठाउँको जङ्गलको बाटो हिँड्ने क्रममा विमानलाई आक्रमण गरेको थियो ।
भालुले टोकेर घाइते भएका ५२ वर्षीय विमानको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ ।
उनको टाउको र बायाँ हातको पाखुरामा चोट लागेको एसपी मैनालीले बताए । उनका अनुसार घाइते भएका विमानको बोल्न सक्ने अवस्था छैन ।