मेघराज रिष्मेली, टोकियो ।
अस्ट्रेलियाबाट जापानमा दसैँ मनाउन आएकी २९ वर्षीया सुनिता केसीको जापानको साइतामा सडक दुर्घटनामा मृत्यु भएको छ ।
२०७९ असोज १३ गते बुधबार राती घरनजिकको बाटोमा हिड्ने क्रममा उनको करिब १० बजे ट्रिपरले ठक्कर दिँदा मृत्यु भएको हो ।
दुई छोरी र एक छोरासहित सपरिवार जापानको साइता याचुका भन्ने स्थानमा बस्दै आएका थिए । नर्सिङ अध्ययनका लागि केही महिनाअघि अस्ट्रेलिया गएका सुनिता दसैँ बिदामा परिवारस“ग एक महिना जापान बस्ने गरी चार दिनअगाडि जापान आएकी सुनिताका बुबा मिनबहादुर केसीले बताउनुभयो ।
केसी परिवारका दुई छोरी उच्च शिक्षाका अस्ट्रेलियामा छन् भने छोरा जापानमा नै रहेको बुझिएको छ ।
कास्की पोखरा समाज जापानका अध्यक्ष विश्व सुवेदीले प्रहरीले परिवारलाई छलफलका लागि बोलाएको जानकारी दिँदै यस घटनामा के कसरी अगाडि बढ्ने परिवारसँग सल्लाह गरेपछि तय गरिने जानकारी दिनुभयो ।