काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को राष्ट्रिय परिषद भेला स्थगित भएको छ ।
भोलि (असोज १४ गते) देखि बुटवलमा सुरु हुने परिषद भेला अन्तिम समयमा आएर स्थगित भएको हो ।
‘डेंगु रोगको महामारीका साथै अन्य केही प्राविधिक कारणले स्थगित गरिएको’ महासचिव सुवाश जि.सि. ले बताउनुभएको छ । अनुकुल स्थितिमा तुरुन्त परिषद भेला हुने महासचिव जि.सि.द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यस्तो छ विज्ञप्ति
‘प्रस्तुत विषयमा हाम्रो युनियनको राष्ट्रिय परिषद भेला यहि असोज १४ र १५ गते वुटवलमा आयोजना गरिएकोमा डेङ्गु रोगको महामारीका साथै अन्य केही प्राविधिक कारणले स्थगित गरिएको र अनुकुल स्थितिमा तुरुन्त परिषद भेला हुने गरि हाललाई निर्धारित समयको कार्यक्रम स्थगित भएको व्यवहोरा सम्वन्धित सम्पुर्णमा जानकारीको लागि हार्दिक अनुरोध छ ।’
सुवाश जि.सी.
महासचिव
मिति : २०७९/०६/१२