प्युठान । प्युठानको नौबहिनी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण तथा भेला सम्पन्न भएको छ ।
Advertisement
कार्यक्रममा राजमो लुम्बिनी प्रदेश सल्लाहकार वासु पोख्रेल र अखिल नेपाल युवक संघ प्युठानका अध्यक्ष कमल पौडेलले प्रशिक्षण दिनुभएको थियो ।
भेलाले घनप्रसाद बुढाको संयोजकत्वमा २१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।
त्यस्तै, रामप्रसाद भण्डारीको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल युवक संघको नौबहिनी गाउँपालिकास्तरीय समिति समेत गठन गरिएको छ ।
राम प्रसाद भण्डारीको अध्यक्षता तथा राम पहाडीको स्वागतबाट कार्यक्रम अगाडि बढेको थियो ।