फाइल फाेटाे
Advertisement
ढाका । राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा रहेको बंगलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुंगा पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
‘अहिलेसम्म महिला र बालबालिका सहित १६ जनाको शव निकालिएको छ,’ पञ्चगढको बोडा प्रहरी चौकीका अधिकारी सुजोय कुमार रोयले सिन्ह्वालाई बताएका छन् । घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ । (रासस सिन्ह्वा)