बुटवल । राष्ट्रिय जनमोर्चा सिद्धार्थनगर नगर समितिको भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।
शनिबार (असोज ८ गते) सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सचिवालय सदस्य दुर्गा नाथ खरेलले सैद्धान्तिक प्रशिक्षण दिनु भएको थियो ।
त्यसैगरी राष्ट्रिय जनमोर्चा केन्द्रीय सल्लाहकार तथा रुपन्देही जिल्ला अध्यक्ष बद्रे आलमले समसामयिक राजनीति र राजमो नेता मान बहादुरले संगठन तथा अनुसासनबारे प्रकाश पार्नु भयो ।
भेलाले हिरालाल धामीको अध्यक्षतामा १३ सदस्यीय नगर समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कविराम भट्टराई, सचिव सगिर आलम, सहसचिव श्याम राज कुर्मी र कोषाध्यक्ष भिम बहादुर क्षेत्री सुबेदी चयन हुनुभएको छ ।
सदस्यमा क्रमसः रफिक मुसलमान, राम किसुन बानियाँ, सिद्धिक मुसलमान, देवीलाल उपाध्याय, कृष्ण कुँवर, दीपा सुनार, शारदा पौडेल र सत्या देवी महरा रहनुभएको छ ।
भेलाले हेमन्तदास कुर्मी, चन्द्रबहादुर खत्री र इन्द्रबहादुर केसीलाई सल्लाहकारमा चयन गरेको छ ।
नव निर्वाचित अध्यक्ष धामीले प्रतिबद्धता जाहेर गरेपछि राजमो नेता मान बहादुरले बधाई दिनु भयो। कार्यक्रमको समापन हेमन्त दास कुर्मीले गर्नुभयो ।
कार्यक्रम हेमन्त दासको अध्यक्षता र हिरालाल धामीको सञ्चालनमा सम्पन्न भएको थियो ।