शंकर प्रसाद पोख्रेल, बुटवल ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको भेला बुटवलमा सम्पन्न भएको छ । शनिबार (असोज ८ गते) बुटवलमा सम्पन्न भेलाले अर्घाखाँची–रुपन्देही सम्पर्क समिति गठन गरेको छ ।
कार्यक्रमको उद्घाटन राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले गर्नुभयो । त्यसक्रममा महासचिव भट्टले जहाँ बसेपनि आफ्नो जन्मस्थान, गाउँठाउँको विकास र समृद्धिका बारेमा सचेत रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अथितिको रुपमा मन्तव्य राख्दै राजमो केन्द्रीय सदस्य सागर केसीले देश र जनताको पक्षमा लड्ने पार्टी राष्ट्रिय जनमोर्चा मात्रै भएको भन्दै जनतालाई राष्ट्रिय जनमोर्चाको झन्डामुनी गोलबन्द हुन आह्वान गर्नुभयो ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला सचिव बाबुराम पन्थी, ,अखिल (छैठौं) का केन्द्रीय सचिव सरोजमान सिंहले पनि मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममामा वामपन्थी नेता चेतनाथ आचार्य, गंगा सापकोटा, अखिल (छैठौं)का केन्द्रीय सदस्यहरु रिसव आचार्य, सागर बेलबासे, टेकराज भुसाल, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य शंकर प्रसाद पोख्रेल, कार्यपालिका सदस्य कृष्ण बराइली लगायतको अथित्यता रहेको थियो ।
भेलाले गोपाल बन्जाडेको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ ।
भेलाको अध्यक्षता राष्ट्रिय जनमोर्चा रुपन्देहीका सचिव टान बहादुर केसी, सञ्चालन गोपाल बन्जाडे र स्वागत गणेश गौतमले गर्नुभएको थियो ।
