• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

राष्ट्रपति कदमको तरंग : सत्ता गठबन्धनको विरोध, राजमोको अडान कायमै


  •   बुधबार, असोज ०५, २०७९ मा प्रकाशित
  • काठमाडौं । संसदले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राजनीति तरंगित बनेको छ ।

    Advertisement

    राष्ट्रपतिको कदमप्रति कतिपय राजनीतिक दल, संससंस्था तथा व्यक्तिले समर्थन जनाएका छन् भने कतिपयले विरोध गर्दै राष्ट्रपतिको राजीनामा माग गरेका छन् ।

    सत्तारुढ चार दलले राष्ट्रपतिको कदमप्रति विरोध गर्दै त्यसबारे वक्तव्य जारी गर्ने तयारी गरेका छन् ।

    आज बिहानैदेखि बालुवाटारमा बसेको गठबन्धन बैठकमा राष्ट्रपतिका कदमबारे छलफल भइरहेको बताइएको छ ।

    पाँचदलीय गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चाले भने वक्तव्यमा हस्ताक्षर नगर्ने स्पष्ट पारेको छ । नागरिकता विधेयकबारे पार्टीको अडान कायमै रहेको र पाँचदलीय बैठकमा पनि विधेयकविरुद्ध स्पष्ट अडान राखिएको बैठकमा सहभागी राजमो सचिव हिमलाल पुरीले युगदर्शनलाई बताउनुभयो ।

    ‘राष्ट्रपतिको कदमविरुद्ध चार दलले विज्ञप्ति प्रकाशित गर्ने तयारी गरेका छन् । तर, हामीले नागरिकता विधेयकमा हाम्रो अडान स्पष्ट राखेका छौँ । हाम्रो अडान कायमै छ’ पुरीले भन्नुभयो, ‘विज्ञप्तिमा हामी हस्ताक्षर गर्दैनौँ ।’

    उहाँले नागरिकता विधेयक गलत भएपनि राष्ट्रपतिको कदमबाट प्रतिगामी चलखेल हुनसक्नेतर्फ भने राजमो गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

    ‘हामीले प्रतिगमनको खतरा बढेर गएको छ भनिरहेका छौँ । राष्ट्रपतिको कदमले त्यसलाई मलजल गर्न सक्छ’ पुरीले भन्नुभयो, ‘त्यसप्रति राष्ट्रिय जनमोर्चा सचेत छ ।’

    संविधानसभाबाट नयाँ संविधान बनेदेखि नै नागरिकताका गलत प्रावधानविरुद्ध संघर्ष गर्दै आएको राजमोले संसदमा पेश भएको नागरिकता विधेयकविरुद्ध सडक र सदनमा विरोध गरेको थियो ।

    राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरी संसदमा फिर्ता पठाइदिएपछि राजमोले त्यसको स्वागत गरेको थियो । तर, सँगसँगै राष्ट्रपतिको कदमबाट प्रतिगमामीहरुको चलखेल बढ्नसक्नेतर्फ पनि राजमोले ध्यानाकर्षण गराएको थियो ।

    राष्ट्रपतिको कदमलाई पार्टीले गम्भीरतापूर्वक लिएको र तत्काल छलफल गरेर एउटा निष्कर्षमा पुग्ने नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले बताउनुभयो । उहाँले नागरिकता विधेयक गलत भएकोमा राष्ट्रपतिले संसदमा फिर्ता पठाउनु स्वागतयोग्य भएको उल्लेख गर्दै अब प्रमाणीकरण नगरेपछि उत्पन्न परिस्थितिमा पार्टी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

    यता, प्रमुख प्रतिपक्षी दल एमालेले भने राष्ट्रपतिको कदमप्रति कुने टिप्पणी नगर्ने बताएको छ । एमाले उपमहासचिव विष्णु रिमालले नागरिकता विधेयकबारे राष्ट्रपतिको कदमबारे आफूहरूले कुनै टिप्पणी नगर्ने बताउनुभयो ।

    संसदको दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पारित गर्न अस्वीकार गर्नुभएको थियो । संवैधानिक प्रावधानअनुसार राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ।

    • संसद्ले दुईपटक पारित गरेको नागरिकता विद्येयक फेरि पनि प्रमाणीकरण भएन
    • नागरिकता विधेयकमा संसदले बेइमानी गर्यो, राष्ट्रपतिको हस्तक्षेप स्वागतयोग्य : डा. आचार्य

    बुधबार, असोज ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.