रिसव आचार्य, बुटवल ।
अखिल (छैठौं) गुल्मी रुपन्देही सम्पर्क समितिको अध्यक्षमा कल्पना थापा क्षेत्री चयन हुनुभएको छ । बुटवलको चाँदमारीस्थित राष्ट्रिय जनमोर्चाको कार्यालयमा सम्पन्न भेलाले क्षेत्रीको अध्यक्ष्तामा ११ सदस्यीय समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सुवास क्षेत्री, सचिव क्षितिज क्षेत्री, सहसचिव खगोल क्षेत्री र कोषाध्यक्षमा ममता परियार चयन हुनु भएको छ । सदस्यहरूमा इन्द्र कुमार श्रीष, खुसी विक, लक्ष्मी भट्टराई, मिलन जिसी, काशिराम थापा, र आसिका चौहान रहनुभएको छ ।
भेलाले ३ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । जसमा सागर बेल्बासे, केशव बुढाथोकी र प्रतिम ढकाल रहनुभएको छ ।
भेलामा राजमो केन्द्रीय सदस्य रामकुमार क्षेत्री, अखिल (छैठौं) का केन्द्रीय सदस्य रिसव आचार्य, केशव बुढाथोकी, कम्युनिस्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राजमो गुल्मी–रुपन्देही सम्पर्क समितिका अध्यक्ष लालचन्द पन्तले वर्तमान राजनीतिक अवस्था, शिक्षा प्रणालि, शैक्षिक अवस्था, संघीयता, नागरिकता विधेयक, एमसीसी लगायतका विषयमा प्रशिक्षण सहित शुभकामना दिनुभएको थियो ।
कार्यक्रम अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा जिल्ला सहसचिव टेकराज भुषालको सञ्चालन र अखिल (छैठौं) गुल्मी–रुपन्देही सम्पर्क समिति भेला आयोजक समितिको संयोजक कल्पना थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।





