काठमाडौं । सिन्धुपाल्चोकमा पौडी खेल्ने क्रममा बेपत्ता शिक्षकको १०० मिटर तलबाट सकुशल उद्दार गरिएको छ ।
Advertisement
हेलम्बु गाउँपालिका–१ नाकुटेस्थित ठाडो खोलामा बेपत्ता भएका दोलखाको कालिञ्चोक गाउँपालिका–३ का ३७ वर्षीय शिवाकोटीको सुरक्षाकर्मीले सकुशल उद्दार गरेका हुन् ।

शिवाकोटीसमेत ४ जना नुहाएर फर्कने क्रममा अचानक उनी चिप्लिएर खोलामा डुबी बेपत्ता भएका थिए । खोलाले बगाएर करिब १०० मिटर तल पुगेका उनी खोलाको खोचमा ढुंगा माथि बसेका थिए।

आज (असोज २ गते) विहान ०६ः५० बजे उनी ढुंगाबाट हात हल्लाइरहेको अवस्थामा देखिएपछि नेपाली सेनाको उद्दार टोलीले ११ः५ बजे उनको उद्दार गरेको थियो ।
शिवाकोटीलाई नेपाली सेनाको हेलिकप्टरमा राखि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।