गिरीप्रसाद बुढा, सुर्खेत ।
कर्णाली प्रदेशको सुर्खेतस्थित लेकबेसी नगरपालिकामा राष्ट्रिय जनमोर्चाको दोस्रो नगर भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन राजमो कर्णाली प्रदेश समिति सदस्य शेर बहादुर परियारले गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य भिमबहादुर फौजा र पार्वती ठाडा, नेकपा (मसाल)का सुर्खेत जिल्ला प्रवक्ता मोहन थापा, बयोबृद्ध कम्यनुनिष्ट नेता मोति मिदुन, किसान नेता प्रेमबहादुर ठाडा, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय सदस्य हिरा विक, वाम बुद्धिजीवी भक्तबहादुर ज्ञामी लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।
भेलाले हिरालाल पोख्रेलको अध्यक्षतामा १३ सदस्यीय लेकबेसी नगर समितिको गठन गरेको छ । जसमा उपाध्यक्ष दोहोन मिदुन, सचिव हरि परियार, सहसचिव चन्द्रा सुनार, कोषाध्यक्ष हरिसरा खाम्चा हुनुहुन्छ भने सदस्यहरुमा चन्द्र बहादुर फौजा, सीताकुमारी राना, दिल बहादुर दलामी, जितबहादुर आर्ने, कर्णबहादुर ठाडा राना, टिकाराम पोख्रेल, र कमल थापा रहनु भएको छ ।

यसैगरी भेलाले पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा भुपेन्द्र नेपाली, पाण्डव केसी, शेर बहादुर लुटेली, पूर्णकला खाम्चा र हरिमाया वली रहनु भएको छ ।
भुपेन्द्र बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत धनबहादुर पुन र सञ्चालन हरि परियारले गर्नु भएको थियो ।