काठमाडौं । अखिल नेपाल युवक संघको राष्ट्रिय प्रशिक्षण भेला पोखरामा सुरु भएको छ । शनिबार सुरु भएको दुई दिने भेलाको संघका अध्यक्ष कृष्णराज पाण्डेले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले युवाहरु समाजवादी आन्दोलनको बहाक रहेको भन्दै राष्ट्र, राष्ट्रियता र सर्वहारा आन्दोलनको बारेमा सचेत बनाउनका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा अखिल नेपाल युवक संघका पूर्वकेन्द्रीय अध्यक्ष तिलक थापा, जैमिनी नगर प्रमुख नर बहादुर पुन, राष्ट्रिय जनमोर्चा गण्डकी अध्यक्ष शंङ्कर बराल, अखिल (छैठौं) का उपाध्यक्ष गणेश अधिकारी, अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष जमुना केसी लगायतले शुभकामना दिनु भएको थियो ।

‘गणतन्त्र राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेजीका लागि संघर्ष गरौँ, प्रतिगामी प्रवृत्तिलाई परास्त गर्दै नयाँ जनवादी आन्दोलनको आधार तयार गरौँ’ भन्ने मूल नारासहित सञ्चालन गरिएको दुई दिने प्रशिक्षण कार्यक्रममा युवा आन्दोलन, अबको दायित्व, समसामयिक राजनितिक जस्ता विषयमा प्रशिक्षण हुने बताइएको छ ।
कार्यक्रम संगगठनका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुनको अध्यक्षता, महासचिव भिमसेन वनको सञ्चालन तथा उपाध्यक्ष चित्र एमसीको स्वागत मन्तव्यमा अघि बढेको थियो ।