• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमोले भन्यो : सिट बाँडफाँटमा अलमलिँदा चुनाव प्रचारमा बाधा पुग्यो


  •   बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले गठबन्धन दलबीच सिट बाँडफाँटमा अलमलिँदा चुनाव प्रचारमा बाधा पुगेको ठहर गरेको छ ।

    Advertisement

    पाँचदलीय गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चा सिट बाँडफाँट कार्यदलको बैठकमा नियमित सहभागी हुने गरेको छ । तर, गठबन्धनमा अहिलेसम्म औपचारिक निर्णय भने हुन सकेको छैन ।

    पार्टीका तर्फबाट महासचिव मनोज भट्टले बिहीबार वक्तव्य प्रकाशित गरी पाँचदलका बीच सिटहरुबारे नै अन्योलको स्थिति हुँदा जनताका बिचमा जाने र चुनावको प्रचार प्रसार गर्ने काममा बाधा पुगिरहेको बताउनुभएको छ ।

    यस्तै, राजमोले सप्रतिनिधि सभामा बागलुङ १ बाट अध्यक्ष चित्रबहादुर केसी र प्युठानबाट दुर्गा पौडेललाई उठाउने निर्णय गरेकोमा गठबन्धन दलहरुले त्यसलाई स्वीकार गरेको पनि स्पष्ट पारेको छ । तर, त्यसबारे औपचारिक निर्णय भने भइनसकेको महासचिव भट्टले बताउनुभएको छ ।

    यस्तो छ वक्तव्य
    ‘आगामी मंसिर ४ गते सम्पन्न हुने आम चुनावले यो मात्र निर्णय गर्ने छैन कि त्यसपछि कुन पार्टीको सरकार बन्ने छ । त्यो चुनावले त्योभन्दा बढी र निर्णयात्मक रुपले यो कुराको फैसला गर्नेछ : देश प्रतिगमनको दिशामा जानेछ वा त्यसलाई रोक्न सकिने छ ? त्यो चुनाव पछि देश प्रतिगमनको बाटोमा नजाओस् भन्नका लागि चुनावमा प्रतिगामी शक्तिलाई निर्णयात्मक रुपले पराजित गर्नुपर्ने आवश्यकता छ । त्यो कार्य सफल पार्नका लागि पाँचदलीय चुनावी तालमेललाई सफलतापूर्वक सम्पन्न गर्नु अहिलेको देशको राष्ट्रिय आवश्यकता हो ।

    अहिलेसम्म पाँचदलीय गठबन्धन वा चुनावी तालमेलका कारणले प्रतिगमन बारम्बार पराजित हुँदै आएको छ । हामीले कोशिस गर्नुपर्दछ आगामी चुनावमा पनि त्यही प्रकारको सफलता प्राप्त होस् । त्यो नै देश र जनताको व्यापक हितमा हुनेछ । यदि प्रतिगमन विजयी भएमा जनताका महान आन्दोलनहरुद्वारा प्राप्त उपलब्धीहरु, खास गरेर लोकतन्त्र, गणतन्त्र वा धर्मनिरपेक्षता समेत समाप्त हुने खतरा रहने छ । त्यसैले पाँचदलीय चुनावी तालमेललाई सफलतापूर्वक अगाडि बढाउनु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ ।

    यो कुराप्रति हाम्रो गम्भीर ध्यान आकर्षित भएको छ कि लामो समयदेखि आगामी चुनावसित सम्बन्धित सिटहरुको बाँडफाँटमाबारे बैठकहरु भइरहेका छन् र अहिलेसम्म कुनै ठोस निर्णय हुन सकेको छैन । अब चुनावका लागि दुईमहिना मात्र बाँकी रहेको छ । चुनावका सिटहरुबारे निर्णय नहुँदा त्यस सम्बन्धी प्रचार प्रसारको काममा बाधा पुगिरहेको छ । प्रतिगमनको पक्षमा भएका राजनीतिक शक्तिहरुले आफ्नो प्रचार प्रसारको काम अगाडि बढाइरहेका छन् । तर पाँच दलका बीच सिटहरुबारे नै अन्योलको स्थिति हुँदा जनताका बिचमा जाने र चुनावको प्रचार प्रसार गर्ने काममा बाधा पुगिरहेको छ ।

    राष्ट्रिय जनमोर्चाले आगामी चुनाव बारे जुन दावी गरेको छ त्यो न्यायपूर्ण र तर्कसंगत छ । राष्ट्रिय सभाको चुनावमा हामीले जुन नीति अपनाएका थियौं, त्यसलाई आगामी चुनावका सन्दर्भमा पनि अपनाउनु पर्दछ भन्ने कुरामा हाम्रो जोड छ । पाँचदलका बिचमा यो समझदारी बन्दै आएको छ कि पाँचदल मध्ये पहिले जसले जुन सिटहरु जितेको छ, त्यहाँ त्यसलाई नै त्यो सिट दिने र एमालेले जितेका स्थानहरुमा आपसमा समझदारी गरेर सिटहरु बाडेर चुनाव लड्ने ।

    त्यस अनुसार नै प्यूठानमा पहिले राजमोले जितेको हुनाले त्यहाँ हामीले दावी गरेका छौ भने बागलुङमा पहिले एमालेले जितेको क्षेत्र नं. १ मा हामीले दावी गरेका छौं । त्यसका लागि राजमोले बागलुङको क्षेत्र नं. १ मा हाम्रो पार्टीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसी तथा प्यूठानमा राजमोकी उपाध्यक्ष तथा प्रवक्ता का. दुर्गा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    पाँचदलका बिचको बैठकमा राजमोको उक्त दुवै दावीलाई सामान्यतः स्वीकार गरिएकोछ । तर प्यूठान र बागलुङका उक्त दुवै सिट राजमोलाई दिने बारे पाँच दलका बीच सामान्य प्रकारको समझदारी बनेको भएपनि त्यसबारे औपचारिक रुपमा अन्तिम निर्णय हुन र पाँचदलका तर्फबाट आधिकारिक रुपमा घोषणा हुन बाँकी भएको कुरा हामीले स्पष्ट गर्न चाहन्छौं । हामीले आशा गरेका छौं बागलुङ र प्यूठान बारे मात्र होइन देशका अन्य सबै सिटहरुबारे पनि छिटै आधिकारिक घोषणा हुनेछ भन्ने हामीले आशा गरेका छौं । त्यसका लागि पाँचदल मध्येका अन्य सबै पक्षहरुको गम्भीर ध्यान आकर्षित गर्न चाहन्छौं ।

    पाँचदलका बिचमा संसदका सिटहरु बाहेक प्रदेशका सिटहरु बारे अहिलेसम्म छलफलले प्रवेश नै पाएको छैन । त्यसबारे पनि छिटै निर्णय हुनुपर्दछ भन्ने कुरामा हाम्रो जोड छ । त्यसबारे छलफल सुरुभएपछि हामीले प्रदेशका निर्वाचन क्षेत्रहरु बारे पनि आफ्नो दावी पेस गर्दै जानेछौं । त्यसबारे पनि न्यायपूर्ण तरिकाले निर्णय हुनेछ भन्ने हामीले आशा गरेका छौं ।

    अन्तमा, संसदीय वा प्रदेशका निर्वाचन क्षेत्रहरुका उम्मेदवारहरु बारे पाँचदलका बिचमा सही र न्यायपूर्ण तरिकाले निर्णयहरु भएमा नै प्रतिगमनलाई निर्णयात्मक रुपले पराजित गर्नु सम्भव हुनेछ भन्ने हाम्रो विश्वास छ र त्यसका लागि हामीले सम्बन्धित सबै पक्षहरुको ध्यान आकर्षित गर्न चाहन्छौं ।’
    मिति : २०७९–०५–३०
    मनोज भट्ट, महासचिव

    बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.