काठमाडौं । पाकिस्तानमा बाढी पहिरोबाट पीडितका लागि नेपाल सरकारले दुई करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको छ ।
Advertisement
बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारले दुई करोड रुपैयाँ बराबरको राहत सामग्री पठाउने निर्णय गरेको हो ।
भदौ २१ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
‘बाढीबाट प्रभावितहरुको लागि नेपाल सरकारको तर्फबाट सहायतास्वरुप पाकिस्तान सरकारलाई नेरु २ करोड बराबरको राहत सामग्रीहरु प्रदान गर्ने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७९र०५र२१ गते निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’ मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।