• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रतिगमनका विरुद्धको गठबन्धन अझै आवश्यक : महामन्त्री सिंह


  •   आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
  • खलङ्गा, जुमानसिंह केसी ।
    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनको खतरा अझै विद्यमान रहेकाले त्यसका विरुद्धको गठबन्धन सशक्त बनाएर लैजानुपर्ने आवश्यकता औल्याउनुभएको छ ।

    Advertisement

    प्रगतिशील पत्रकार सङ्घ प्युठानले २०७९ भदौ २६ गते आइतबार बाग्दुलामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले देश अत्यन्तै सङ्कटको अवस्थामा रहेको भन्दै सबै देशभक्त पार्टीहरू आफ्नो पार्टीस्वार्थभन्दा माथि उठ्न सबैलाई आग्रह गर्नुभयो ।

    वर्तमान राष्ट्रिय राजनीतिमा नेकपा ९एमाले० ले प्रतिगमनको नेतृत्व गरिरहेकाले प्रतिगमनबाट मुलुकलाई जोगाउन पाँचदलीय गठबन्धन भएको र अहिले पनि त्यसका विरुद्ध बलियो मोर्चा आवश्यक भएको बताउनुभयो ।

    ‘कम्युनिस्ट नामधारी केही शक्तिहरूको चलखेल प्रतिगमनका पक्षमा देखिएको छ । उनीहरू राजावादीसँग साँठगाँठ गर्न सक्छनु’ उहाँले भन्नुभयो– ‘उनीहरू गत जनआन्दोलनको बलमा स्थापित गणतन्त्र र धर्म निरपेक्षताको विरुद्धमा लागिरहेका छन् र त्यसको नेतृत्व एमालेले गर्दै छ ।’

    उहाँले यस्तो प्रतिगामी चलखेलका विरुद्ध बलियो राजनीतिक मोर्चाको अहिलेका लागि आवश्यक भएको पनि दाबी गर्नुभयो ।

    महामन्त्री सिंहले नेकपा (एमाले) का अध्यक्ष केपी ओली चुनावबाट बहुमतमा आए देशमा प्रतिगमन हुने र हालका उपलब्धि गुम्न सक्ने खतरा रहेकाले एमालेलाई पराजित गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

    पत्रकारको जिज्ञासाबारे जवाफ दिँदै उहाँले पाँचदलीय गठबन्धमा राजमोलाई सिट बाँडफाँडमा सम्मानजनक व्यव्हार तथा अपमान गरिएमा आफ्नो पार्टी एक्लै चुनावमा जाने पनि उल्लेख गर्नुभयो । त्यस क्रममा उहाँले एमालेसग आगामी चुनावमा कुनै पनि स्तरमा तालमेल नहुने बताउनुभयो ।

    ‘हामी कुनै पनि हालतमा तालमेल नगर्ने बरु एक्लै चुनावमा जान्छौँ तर प्रतिगमनको नेतृत्व गरिरहेको, प्राप्त उपलब्धिलाई ध्वस्त पार्नमा उद्यत एमालेसँग साँठगाठ गर्दैनौँ’ महामन्त्री सिंहको भनाइ थियो ।

    ‘नेपालको वामपन्थी आन्दोलनको अगुवाइ आफ्नो पार्टीले गरिरहेको भन्दै उहाँले पार्टीभित्र इमानदार र पार्टी क्रान्तिमा टिक्न नसक्नेहरूले भ्रम फैलाउँदै हिड्ने गरेको पनि बताउनुभयो ।

    साथै उहाँले पत्रकारहरूको प्रश्नमा अवसरवादी, भ्रष्ट र अधिनायकवादी सोच भएका व्यक्तिहरू सही नीति र बिचारमा अट्न नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको स्वीकार गर्नुभयो ।

    आगामी मङ्सिरमा हुने सङ्घीय र प्रदेशको चुनावमा सङ्घमा प्युठान र बागलुङमा एक एक सिट राजमोलाई हुनुपर्ने आफ्नो माग यथावत रहेको उल्लेख गर्नभयो । दलहरू बिचमा छलफल भइरहेको भन्दै उहाँले छिटै निस्कर्ष आउने आशासमेत व्यक्त गर्नुभयो ।

    पार्टीकामको सिलसिलामा गृहजिल्ला प्युठान आउनु भएका महामन्त्री सिंहले एक फरक प्रसङ्गमा आफ्नो पत्नी दुर्गा पौडेल भए पनि नेता तथा उम्मेदवार बनाउनमा आफ्नो कुनै भूमिका नरहेको र दुर्गाको पौडेलको पार्टीप्रतिको इमानदारिता, लगनशीलता र जिम्मेवारिपनको आधारमा विधिप्रक्रियाअनुसार पार्टीले निर्णय गरेको भन्दै परिवारवाद भएको आरोपमा कुनै सत्यता नरहेको बताउनुभयो ।

    आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.