तानसेन । अखिल नेपाल महिला सङ्घ पाल्पाको जिल्ला भेला २०७९ भदौ २५ गते शनिबारका दिन सदरमुकाम तानसेनमा सम्पन्न भएको छ
भेलाले उमा सिँजालीको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शान्ति श्रीनेत, सचिवमा नरमति सिंजाली, सहसचिव इच्छा विक र कोषाध्यक्षमा बसन्ता आले थापा रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा शान्ता पौडेल, निरू सारू, रूपा राना, मानकुमारी गाहा, फूलमाया विक, शुवास घर्ती, सीता विक र लालु आले रहनुभएको छ ।
भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्कीले मैनबत्ती बालेर गर्नुभएको थियो ।
भेलालाई राजमो पाल्पा जिल्ला अध्यक्ष विशाल दर्लामी, अखिल नेपाल युवक सङ्घ जिल्ला अध्यक्ष कमल थापा, अखिल (छैठौं) जिल्ला सचिव भूपेन्द्र ठडराई, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसारका निरू सारू, महिला सङ्घकी पूर्व जिल्ला अध्यक्ष लक्ष्मी दर्लामीलगायतले शुभकामना दिनुभएको थियो ।
रक्तिम सांस्कृतिक परिवारद्वारा साङ्गीतिक प्रस्तुति दिइएको उक्त भेलाको अध्यक्षता उमा सिञ्जालीले, सञ्चालन नरमति सिँजालीले र स्वागत शान्ति श्रीनेतले गर्नुभएको थियो ।
