शंकरप्रसाद पोख्रेल, बुटवल ।
राष्ट्रिय जनमोर्चा गुल्मी–रुपन्देही सम्पर्क समितिको प्रथम भेला बुटवलमा राष्ट्रिय जनमोर्चाको क्षेत्रीय कार्यालयमा २०७९ भदौ २५ गते शनिबार सम्पन्न भएको छ ।
भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले गर्नुभएको थियो ।
सो अवसरमा राजमो केन्द्रीय सदस्य तारा थापा, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राजमो रुपन्देहीका सचिव टानबहादुर खत्री, अखिल (छैठौं) का केन्द्रीय सदस्य सागर बेल्बासे र रिसव आचार्य, प्रगतिशील पत्रकार सङ्घघ रुपन्देहीका सचिव टेकराज भुसाल, पत्रकार शङ्करप्रसाद पोख्रेल, राजमो गुल्मीका उपाध्यक्ष रामेश्वर खत्री, जिल्ला सदस्य सूर्य थापा, जातीय समाज समाजका बिस्नु सुनार, राजमो प्युठान–रुपन्देही सम्पर्क समितिका अध्यक्ष कृष्ण जिसी, दीपक बस्नेतलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
भेलाले लालचन्द पन्थ अध्यक्ष रहनुभएको १५ सदस्यीय राष्ट्रिय जनमोर्चा गुल्मी–रुपन्देही सम्पर्क समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा धनु पान्डे, सचिवमा मुक्ति सापकोटा, कोषाध्यक्षमा हर्कबहादुर टन्डन र सहसचिव क्षितिजा राहाडीरहनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा कबिराम घिमिरे, सरस्वती तरामु, दिलिप अचेला, गोविन्द घिमिरे, खड्क महत, सुदीप खड्का र नारायण थापा रहनुभएको छ ।
भेलाले यामबहादुर परियार, बिस्नु सुनार, थम्मनसिंह पुलामी, ज्ञानु थापा र लालबहादुर थापालाई सल्लाहकारमा चयन गरेको छ ।