रिसव आचार्य, बुटवल ।
अखिल (छैठौं) जिल्ला समिति रुपन्देहीले विद्यार्थी भेटघाट कार्यक्रम सुरुवात गरेको छ ।
रुपन्देहीस्थित बुटवल बहुमुखी क्याम्पसबाट विद्यार्थीहरूसँग भेटघाट, शैक्षिक समस्या र समाधान, वर्तमान शिक्षाप्रणाली, शैक्षिक अवस्थाका विषयमा विद्यार्थीसँग भेटघाट कार्यक्रमको सुरुआत गरेको हो ।
जिल्ला अध्यक्ष सागर बेल्बासेका अनुसार २०७९ भदौ २२ गते बुधबार कार्यक्रमअन्तर्गत अखिल (छैठौं) रुपन्देहीले बुटवल बहुमुखी क्याम्पसको ब्याचलर पहिलो वर्षमा अङ्ग्रेजी विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीसँग भेटघाट, छलफल तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य रिसव आचार्यले वर्तमान शिक्षाप्रणाली, शिक्षाक्षेत्रमा देखिएको समस्या, शैक्षिक समस्याको समाधानलगायतका विषयमा प्रशिक्षणसहित भनाइ राख्नुभएको थियोे ।
उहाँले पछिल्लो समय विद्यार्थीहरू शिक्षा हासिल गर्न बिदेसिने, युवाहरू विदेश पलायन हुने, साथै युवाविद्यार्थीहरू लाग्औसध, धुम्रपान जस्ता कुलतमा फस्ने समस्या समस्या समाधन गर्न सम्पूर्ण विद्यार्थीहरू हातेमालो गरेर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रम अखिल (छैठौं) रुपन्देही जिल्ला सचिव मिलन परियारले गर्नुभएको थियो । सो अवसरमा जिल्ला सदस्य सागरजङ्ग क्षेत्रीको पनि उपस्थिति रहेको थियोे ।
