• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘मिटरब्याजपीडित काठमाडौं आउनुपर्ने, गाउँ गाउँमा सिंहदरबार आयो भनेको यही हो ?’


  •   बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मिटरब्याज पीडित किसान काठमाडौं आएर आन्दोलन गर्नुपर्ने अवस्था ‘दुर्भाग्यपूर्ण’ भएको टिप्पणी गर्नुभएको छ । युगदर्शनसँग प्रतिक्रिया दिँदै अध्यक्ष केसीले गाउँका किसानलाई चर्को ब्याज तिर्न बाध्य बनाइनु आपत्तिजनक भएको बताउनुभयो ।

    Advertisement

    देशमा लोकतान्त्रिक गणतन्त्र आएको यतिका वर्षसम्म पनि जनता गाउँकै ठालु महाजनबाट शोषणमा पर्नुले लोकतन्त्रकै खिल्ली उडाएको केसीको टिप्पणी छ । मिटरब्याजे साहुलाई राजनीतिक दल र राज्यले नै संरक्षण गरेको केसीको आरोप छ ।

    ‘एक लाख रुपैयाँ ऋण लिएको किसानले ५ लाख तिर्दा पनि ऋण मुक्त हुँदैन । उल्टै घरखेत बेचेर ऋण तिर्नुपर्छ’ केसीले भन्नुभयो, ‘अहिलेका जमानामा पनि यस्तो चर्को शोषण हुनु लोकतन्त्र र गणतन्त्रकै उपहास हो । राजनीतिक दल र राज्यकै संरक्षणमा मिटरब्याजेहरुले यस्तो धन्दा चलाइरहेका छन् ।’

    अध्यक्ष केसीले संघीयता आएपछि गाउँ–गाउँमा सिंहदरबार आउँछ भनेको होइन ? भन्ने प्रश्न गर्दै भन्नुभयो, ‘यही हो गाउँ गाउँमा सिंहदरबार आएको ? के नवलपरासी र सप्तरीमा सिंहदरबार पुगेको छैन ?’

    उहाँले गाउँका ठालु र साहुहरु विभिन्न पार्टीको आड लागेर लुटको धन्दा मच्चाइरहेको बताउनुभयो । राजनीतिक दललाई पैसा चाहिने भएकाले साहुहरुलाई दलले नै संरक्षण गरेको केसीको आरोप थियो । उहाँले संघीयताका नाममा पटक पटक सिंहदरबार छिरेकाहरुको ‘व्यवस्थापन’ गर्न मात्रै दलहरुको ध्यान गएको बताउनुभयो ।

    केसीले भन्नुभयो, ‘बारम्बार सिंहदरबार छिरेकाहरुको व्यवस्थापन गर्न मात्रै दलहरुको ध्यान छ । संघीयता ल्याएकै धेरैलाई पदमा पुर्याउनका लागि हो । मजदुर, किसान, शोषित, पीडितप्रति खोइ राज्यको ध्यान ?’

    मिटरब्याज विरुद्ध पटक पटक संघर्ष गर्दै आएका विभिन्न जिल्लाका पीडित किसानहरु अघिल्लो महिना काठमाडौं आएर माइतीघर मण्डलामा धर्ना दिएपछि सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रण गर्न ६ सदस्यीय कार्यदल गठन गरेको थियो। गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसालको संयोजकत्वमा बनेको कार्यदललाई भदौ २७ गतेसम्म प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।

    त्यस्तै, गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालयमा उजुरी दिन आह्वानसमेत गरेको थियो । भदौ ५ गतेसम्म पीडितले उपलब्ध भएका प्रमाणसहित निवेदन दिन आह्वान गरेको थियो। त्यो समयलाई हाल थप गरिएको छ। अहिलेसम्म विभिन्न निकायमा करिब २ हजारभन्दा बढी उजुरी परिसकेको छ ।

    कानुनले तोकेको भन्दा बढी रकम तोकेको ब्याजदर भन्दा बढी ऋण दिनु नै मिटरब्याज हो ।

    ग्रामिण क्षेत्रमा खासगरी तराईमा घरब्यवहार चलाउन, छोरीछोरी विदेश पठाउन तथा औषधि उपचारका लागि सामान्य किसान साहुसँग ऋण लिन बाध्य हुन्छन् । बैंकिङ क्षेत्रमा हुने लामो र झन्झटिलो प्रक्रिया, धितो अभाव लगायतका कारण उनीहरु बैंकमा जानुभन्दा साहुकोमा जाँदा सजिले पैसा पाइने हुनाले साहुबाट ऋण लिने गर्छन् ।

    तर, ऋण दिने टाठाबाठा व्यक्तिले ऋण लिनेको सोझोपनको फाइदा उठाउँदै चलाखीपूर्वक रकम बढाएर तमसुक बनाउने, घर खेत दृष्टिबन्धक राखिदिने र चर्को ब्याज लिने, ब्याजलाई पनि सावाँमा जोड्दै ब्याज थप्दै जाँदा ऋण लिएभन्दा दशौँ गुणा बढी तिर्नुपर्ने हुन्छ ।

    बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.