काठमाडौँ । चिनियाँ जनकंग्रेसका अध्यक्ष लि चान्सुले यही भदौ २७ गते नेपाल आउने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीका प्रभावशाली नेता ली भदौ २७ देखि ३० गतेसम्म नेपालमा रहने छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी पोलिटिकल ब्युरोको स्थायी समितिका सदस्य ली राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङपछिको तेश्रो वरीयतामा रहेका नेता हुन्।
सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा लि यहाँ आउन लागेका हुन्। लि को भ्रमण कार्यतालिका सार्वजनिक भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल आएकै दिन भदौ २७ गते लि र सभामुख सापकोटाबीच दिपक्षीय वार्ता हुनेछ। सोही दिन लिको सम्मानमा सापकोटाले रात्रीभोज दिनेछ्न् ।
२८ गते प्रधानमन्त्री शेर बहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सेना र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता हुनेछ।
लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग २९ गते सिस्टाचार भेट गर्नेछ्न्।
नेपाल आएको भोलिपल्ट चिनियाँ जनकंग्रेस अध्यक्षले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बेग्लाबेग्लै भेट्ने तय भएको परराष्ट्रले जनाएको छ।
चिनियाँ नेता रुस, मङगोलियापछि नेपाल आउन लागेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ। नेपाल भ्रमण सकेर लि ३० गते दक्षिण कोरिया पुग्नेछन्।