जगदीश ढकाल, नेपालगन्ज ।
राष्ट्रिय जनमोर्चाले बाँकेको खजुरा गाउँपालिकामा भेला सम्पन्न गरेको छ । भेलाले पालिकास्तरीय समिति गठन गरेको छ।
Advertisement
भेलामा अखिल नेपाल किसान महासंघका महासचिव तुलसीराम सापकोटा र राजमो केन्द्रीय सल्लाहकार मोमिना खातुनको विशेष उपस्थिति रहेको थियो ।
भेलाले मुन्नी यादवको अध्यक्षतामा नौ सदस्यीय खजुरा गाउँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सावरा वेगम, सचिव चेते जरवट र कोषाध्यक्ष जैबुल खान चयन हुनुभएको छ ।
सदस्यहरुमा रौनक अलि साईं, ज्ञानबहादुर गोदार, सकिना खाँ, पूजा यादव र ननकै धोवी रहनुभएको छ ।
भेला पश्चात् बसेको प्रहिलो बैठकले सबै वडाहरुमा संगठन निर्माण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको राजमो बाँकेले जनाएको छ ।