स्याङजा बजार । राष्ट्रिय जनमोर्चा स्याङजा पुनगर्ठन भएको छ ।
Advertisement
राजमो गण्डकी प्रदेश अध्यक्ष शङ्कर बरालको विशेष उपस्थितिमा २०७९ भदौ १८ गते आयोजित जिल्ला भेलाद्वारा राजमो स्याङजाको कार्यसमिति पुनर्गठन भएको हो ।
भेलाद्वारा पुनर्गठित समितिको अध्यक्षमा राजेन्द्र गैरे, उपाध्यक्षमा सूर्य थापा, सचिवमा प्रकाश परियार, सहसचिवमा मेखबहादुर राना र कोषाध्यक्षमा भेषबहादुर विक रहनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा हिरामति शाही, गङ्गाधर रेग्मी, किशोर उपाध्याय, मानजित विक, गिरधारी भण्डारी, रुक्मागत भण्डारी, हुमबहादुर विक, गोविन्द परियार र मन्जु परियार रहनुभएको छ ।
त्यस्तै, भेलाले मित्रलाल चापागाई, गेमबहादुर हमाल र रामप्रसाद डुम्रेलाई सल्लाहकारमा चयन गरेको छ ।